२०८३, बैशाख २६ गते

May 09 2026 | २०८३, बैशाख २६ गते

पञ्चकन्या रूपन्देही सुपर लिग : बैतुल्लाहले लिए ९ विकेट, खुकुरीको जीत

शनिवार , बैशाख २६, २०८३

  • 220
    Shares
  • 220
    Shares
  • भैरहवा, २६ वैशाख । बैतुल्लाह खानले उत्कृष्ट बलिङ गर्दै ९ विकेट लिएपछि रुपन्देही क्रिकेट संघको आयोजनामा रुपन्देहीको भैरहवामा जारी ‘पञ्चकन्या रुपन्देही सुपर लिग’ अन्तर्गत ‘ए’ डिभिजनको शनिबारको खेलमा लुम्बिनी खुकुरी क्लबले सानदार जीत हात पारेको छ । खुकुरीले बुटवल राइनोजमाथि ९ विकेटको सानदार जीत निकालेको हो।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङको निम्तो पाएको बुटवल राइनोजले निर्धारित ५० ओभरमध्ये २२ ओभर खेल्दै सबै विकेटको नोक्सानीमा जम्मा ७२ रन बनायो । उसलाई सस्तैमा रोक्न लुम्बिनी खुकुरीका बैतुल्लाह खानले ९ ओभर बलिङ गर्दै २ मेडनसहित जम्मा ३४ रन खर्चेर महत्वपूर्ण ९ विकेट लिए । उनी प्यलेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ समेत प्राप्त गरे । त्यस्तै अजय चौहानले १ विकेट लिन सफल भए ।
    बुटवल राइनोजका उत्तम थापा मगरले १७ र सुशान्त शाक्यले १० रन बनाए पनि अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

    लुम्बिनी खुकुरीले ९ ओभर ४ बलमा १ विकेट गुमाएर ७३ रन बनाउँदै सहजै जित निकाल्यो । उसका लागि समीर अली मुसलमानले ६ चौका र २ छक्काको मद्दतमा अविजित ५७ रनको अर्धशतकीय पारी खेले । यस्तै, अजय चौहानले नटआउट १७ रन बनाए । बुटवल राइनोजका सुमित थापाले १ विकेट लिए ।

    प्रतियोगिताको विजेता टीमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार २ सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले बताए ।

    प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । यसैगरी सिद्धार्थ उद्योग बाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रविकुमार रौनियार, प्रतीक ट्रेड लिंक र व्यवसायी अमित कुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।