२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने राष्ट्रिय परिक्षा बोर्डको निर्णय 

सोमवार , बैशाख २७, २०७८

  • 5.0K
    Shares
  • 5.0K
    Shares
  • काठमाडौँ, २७ बैशाख।

    राष्ट्रिय परीक्षा बोर्डले गत शैक्षिकबर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ। गत चैत्रमा हुनुपर्ने एसईई र बैशाखमा हुनुपर्ने कक्षा १२ को परिक्षा आगामी जेठ महिनामा गर्ने भनिएपनि कोभिड संक्रमणको बिशेष कारण देखाउदै स्थगित गर्ने निर्णय गरिएको हो। 

    राष्ट्रिय परिक्षा बोर्डका अनुसार सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिएका छन्।

    बोर्ड बैठकले एसईई र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने अध्ययन गर्न ५ सदस्यीय कार्यदलसमेत गठन गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालको संयोजकत्वमा कार्यदल गठन गरिएको अध्यक्ष पौडेलले बताएका छन्।  

    बोर्डका अध्यक्ष पौडेलका अनुसार जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि प्रश्नपत्र छपाइको काम सकिएको छ। करिब ५ लाख १७ हजार विद्यार्थीले एसईईको तयारी गरिहेका छन् भने करिब ४ लाख परीक्षार्थी कक्षा १२ को परिक्षाको तयारीमा छन्। कोभिड संक्रमणको अवस्था नियन्त्रणबाहिर रहेकाले परीक्षा सञ्चालन हुन नसक्ने निर्ष्कष निकालिएको बोर्डका सदस्यहरुले बताए। 

    परिक्षा बोर्डका अनुसार यसवर्ष कक्षा १२ को हकमा अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको छ। गतवर्ष पनि कोरोना महामारीकाबीच अनलाइनबाटै प्रश्नपत्र पठाएर घरपायक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। यो वर्ष इन्टरनेट सुविधा पुगेका निश्चित परीक्षा केन्द्रमा मात्रै प्रश्नपत्र पठाएर परीक्षा लिने तयारी छ।