२०८३, बैशाख २८ गते

May 11 2026 | २०८३, बैशाख २८ गते

लायन्स तिलोत्तमा स्टार्सद्वारा शैक्षिक सामग्री वितरण

सोमवार , बैशाख २८, २०८३

  • 184
    Shares
  • 184
    Shares
  • पाल्पा, २८ वैशाख । लायन्स क्लब अफ तिलोत्तमा स्टार्सले पाल्पाको एक सामूदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण तथा स्वच्छ खानेपानीको जार हस्तान्तरण गरेको छ ।

    क्लबले तिनाउ गाउँपालिका–५, मरामकोटस्थित श्री भुमिशाला आधारभूत विद्यालयमा अध्ययनरत गरीब तथा जेहेनदार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण तथा विद्यालयलाई खानेपानी जार हस्तान्तरण गरेको हो ।

    क्लबका वर्ष २०२५/०२६ का अध्यक्ष रमेश कुमार पराजुलीको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय ईकाई पाल्पाका लेखा अधिकृत तुल्सीराम घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन बहादुर दर्लामी, प्राचार्य जोगबहादुर आले, क्लबका संस्थापक अध्यक्ष लक्ष्मी थापा, द्वितीय उपाध्यक्ष प्रतिक पाण्डेयले मन्तव्य राख्नुभएको थियो ।

    विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको भन्दै उहाँहरुले लायन्स तिलोत्तमा स्टार्सलाई धन्यवाद दिनुभयो ।

    क्लबका अध्यक्ष रमेश कुमार पराजुलीले लायन्स एक ठाउँमा मात्र सीमित नभएर विभिन्न स्थानमा सामाजिक कार्यमा अग्रसर भइरहेको बताउनुभयो । उहाँले आगामी दिनमा मरामकोटको पर्यटन विकासमा सहयोगी भएर कार्य गर्न तत्पर रहेको बताउनुभयो ।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक संघ, स्थानीय संघ–संस्थाका प्रतिनिधि, देवदह नगरपालिकाका लेखा अधिकृत हरि प्रसाद रिजाल, लायन्स कलब अफ तिलोत्तमा स्टार्सका पदाधिकारी लगायतको उपस्थिति थियो ।

    क्लबका प्रथम उपाध्यक्ष राम प्रसाद पौडेलको स्वागत तथा सचिव लपिताम्बर खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।