२०८३, बैशाख २९ गते

May 12 2026 | २०८३, बैशाख २९ गते

साई ग्लोबलद्वारा पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम

मंगलवार , बैशाख २९, २०८३

  • 286
    Shares
  • 286
    Shares
  • भैरहवा, २९ वैशाख । साई ग्लोबल एकेडेमी (विद्यालय तथा कलेज) सिद्धार्थनगर नगरपालिका–८, रुपन्देहीले भैरहवामा पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रमको आयोजना गरेको छ । विद्यालयबाट आफ्नो अध्ययन पूरा गर्नुभएका विद्यार्थीहरुबीच आपसी सद्भाव तथा ममत्व बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्राचार्य लक्ष्मण ज्ञवालीले बताउनुभयो ।

    कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि साई ग्लोबल एकेडेमीका अध्यक्ष दिनेश मान अमात्यले विद्यालयलाई पूर्व विद्यार्थीहरुको रचनात्मक सल्लाह–सुझाव आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले साई ग्लोबलको इतिहासबारे चर्चा गर्नुभएको थियो । ‘यो कार्यक्रममा पूर्व विद्यार्थीहरुको उल्लेख्य उपस्थिति देख्दा एकदमै खुसी लागेको छ, ’उहाँले भन्नुभयो । 

    विशिष्ट अतिथि विद्यालयका प्रबन्ध निर्देशक मोती प्रसाद पौडेलले साई ग्लोबलमा अध्ययन गरेका विद्यार्थीहरु महत्वपूर्ण स्थानमा पुग्न सफल भएको बताउनुभयो । ’आज पूर्व विद्यार्थीले यो कार्यक्रमका लागि समय दिनु पनि संस्थाको लागि उपलब्धी हो, साई ग्लोबल गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सबल र अनुशासित संस्था हो, ’उहाँले भन्नुभयो ।
    कार्यक्रम संयोजक कृष्ण प्रसाद बस्यालले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    पत्रकार तथा पूर्व विद्यार्थी एलिना आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा पूर्व विद्यार्थी सरोज ठकुरी, रबिन्द्र गुप्ता, विपाशा बस्याल, सुरज कान्दु बनिया, आशिष श्रेष्ठ, नब्रास्का उपाध्याय लगायतले बोल्नुभएको थियो ।

    693414475_1582031877264337_4296029335390426219_n.jpg

    यसैबीच पूर्व विद्यार्थी पुनर्मिलन तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित भएका पूर्व विद्यार्थीहरुबाट समिति गठन गरिएको छ । विद्यालयसँग सहकार्य एवं समन्वय गर्दै संस्थाको विविध पक्षलाई अग्रगति प्रदान गर्न एलिना आचार्यको अध्यक्षतामा समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा सुरज कान्दु बनिया, सचिवमा रबिन्द्र गुप्ता, कोषाध्यक्षमा आशिक श्रेष्ठ, सदस्यमा सरोज ठकुरी, सोनु कुर्मी, विपासा बस्याल, नब्रास्का उपाध्याय, सुमित पौडेल, खुस्बु चौधरी र स्वेता काफले रहनुभएको छ ।

    त्यस्तै सल्लाहकारमा दिनेश मान अमात्य, मोती प्रसाद पौडेल, लक्ष्मण ज्ञवाली, पार्थिवेन्द्र उपाध्याय र कृष्ण प्रसाद बस्याल रहनुभएको छ ।