२०८३, बैशाख २९ गते

May 12 2026 | २०८३, बैशाख २९ गते

पञ्चकन्या रूपन्देही सुपर लिग : नेपथ्य तिलोत्तमा विजयी

मंगलवार , बैशाख २९, २०८३

  • 196
    Shares
  • 196
    Shares
  • भैरहवा, २९ वैशाख । नेपथ्य तिलोत्तमा क्रिकेट क्लबले रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पञ्चकन्या रुपन्देही सुपर लिग’ अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा जीत निकालेको छ । उसले जेआर क्रिकेट क्लबलाई ३० रनले हराउँदै जीत हात पारेको हो छ ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको नेपथ्य तिलोत्तमाले निर्धारित ५० ओभरमा ४२ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर १ सय ६९ रन बनायो । उसका लागि कृष्ण भुसालले ३४, प्रतीक भट्टराईले २५, अमन बोहराले २१, रोशन घिमिरेले १४, मौसम ढकाल र विकल अधिकारीले समान १०–१० रन बनाए । बलिङमा जेआरका कृष्ण पन्थी, खडक बोहरा र विनय जिसीले समान २–२ तथा विशाल भुसालले १ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको जेआरले ४७ ओभरमा सबै विकेट गुमाएर १ सय ३९ रन मात्रै बनायो र हार व्यहोर्यो । उसका लागि राज खनालले ६०, विशाल भुसालले १५, रोजन कुमालले १४, गगन अधिकारीले १३ र अनमोल श्रीस थापाले ११ रन बनाए पनि जीतका लागि पर्याप्त भएन । बलिङमा नेपथ्य तिलोत्तमाका मौसम ढकाल र कृष्ण भुसालले ३–३ तथा सन्दीप यादवले २ र आशुतोष पाण्डेले १ विकेट लिए । खेलमा कृष्ण भुसाल प्लेयर अफ द म्याच भई १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

    प्रतियोगिताको विजेता टीमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार २ सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।
    प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् ।

    त्यसै गरी सिद्धार्थ उद्योग वाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रवि कुमार रौनियार, प्रतीक ट्रेड लिंक र व्यवसायी अमित कुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।