मंगलवार , बैशाख २९, २०८३
बुटवल, २९ वैशाख । रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालय लुम्बिनी प्रदेशमा प्रथम भएको छ। सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशन भएको एसईई परीक्षाको नतिजामा सामूदायिक विद्यालयतर्फ कालिका मानवज्ञान माविबाट ४ जीपीए ल्याउने विद्यार्थीको संख्या नेपालभरबाट दोस्रो र लुम्बिनी प्रदेशमा प्रथम भएको हो ।
विद्यार्थीबाट सहभागीमध्ये ६ जनाले ४ जीपीए ल्याएका छन् । विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार यो संख्या लुम्बिनी प्रदेशमा सामूदायिक विद्यालयतर्फ प्रथम हो भने नेपालमै नारायणी माविपछि दोस्रो स्थान कालिका मानवज्ञान मावि रहेको छ ।
बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा रहेको कालिका मानवज्ञानका विद्यार्थी स्वता लम्साल, रोशनी भट्टराई, प्रतिमा भट्टराई, लविज खनाल, सुयोग सापकोटा र अमिस ज्ञवालीले ४ जीपीए ल्याएका हुन् ।
राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशित माध्यमिक शिक्षा परीक्षा २०८२ मा ३.६ देखि ३.९८ जिपीए ल्याउने विद्यार्थी संख्या १५८ जना रहेका छन् ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार ३.२ देखि ३.५९ जीपीए ल्याउने विद्यार्थीको संख्या १ सय ८७ जना रहेको छ । त्यस्तै विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थी १ सय ३२ जनाले २.८ देखि ३.१९ जीपीए ल्याएका छन् । त्यसै गरी ३४ जनाले २.४ देखि २.७९ जीपीए ल्याएका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
