images

शुक्रवार, चैत्र १६ गते २०८०

रुपन्देहीमा एकै परिवारका ८ सहित ५० जनामा कोराना संक्रमण  

रुपन्देहीमा एकै परिवारका ८ सहित ५० जनामा कोराना संक्रमण  

images
images
images
मंगलवार, भाद्र २ २०७७
मंगलवार, भाद्र २ २०७७
  • रुपन्देहीमा एकै परिवारका ८ सहित ५० जनामा कोराना संक्रमण  

    भैरहवा २ भदौ । रुपन्देहीमा एकै परिवारका ८ जना सहित ५० जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार मात्रै रुपन्देहीमा एकै परिवारका ८ सहित ५० जना कोराना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । यो सङगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या ५ सय ५७ पुगेको छ ।

    पछिल्ला दिनहरुमा जिल्लामा कोरोना संक्रमितको सख्या बढ्दै गएपछि सरकारी तथा नीजि क्षेत्रबाट परिक्षणको दायरा बढाएसंगै संक्रमितको सङख्यामा पनि बृद्धि भएको हो ।

    कोरोनाको संक्रमण समुदायमा प्रबेश गरेसंगै कोरोनाले बिकराल रुप लिन थालेको छ । कोरोनाले बिकराल रुप लिएसगैं जिल्ला प्रशाशन कार्यालय रुपन्देहीले जिल्लामा भदौ ७ गते सम्मका लागि लकडाउन गरेको छ ।

    मंगलबार राती ९ बजेसम्म रुपन्देहीका ६ पालिकाका ५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए । ५० जना मध्ये एकै परिवारका ८ जना रहेका छन् । ती ८ जना भैरहवाका हुन् । 

    शाहका अनुसार मंगलबार साझ ८ बजे सम्म आएको ३४ जनाको रिर्पोट अनुसार बुटवल उपमहानगरपालिका १७ जना, सिद्धार्थनगरका ८ जना, तिलोत्तमाका ३, सियारीका २, देवदहका ३ र शुद्धोधनका १ जनामा संक्रमण देखिएको छ । अन्य १६ जना कुन कुन पालिकाका हुन भन्ने खुलेको छैन् ।

    मंगलबार देखिएका संक्रमित मध्य सबैभन्दा धेरै बुटवल उपमहानगरपालिका रहेका छन् । त्यसपछि सिद्धार्थनगरपालिकाका रहेका छन् ।

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij