२०८३, बैशाख ३१ गते

May 14 2026 | २०८३, बैशाख ३१ गते

पञ्चकन्या रूपन्देही सुपर लिग : बुद्ध क्रिकेट क्लब ३ विकेटले विजयी

बिहिवार , बैशाख ३१, २०८३

  • 358
    Shares
  • 358
    Shares
  • भैरहवा, ३१ वैशाख । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पञ्चकन्या रुपन्देही सुपर लिग’ अन्तर्गत ‘ए’ डिभिजनको बिहीबारको खेलमा बुद्ध क्रिकेट क्लब विजयी भएको छ । बुद्धले जेआर क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै जीत हात पारेको हो ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको जेआरले निर्धारित ५० ओभरको खेलमा ४५ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ४० रन जोड्यो । उसका लागि खडक बोहराले २६, विशाल भुसालले २४, दिनेश विष्टले २१, राज खनालले १९, बिमल भट्टराईले १४, गगन अधिकारीले ११ र अनमोल श्रीस थापाले १० रन बनाए । बलिङमा बुद्धका दिलसाद अलीले ३, विपिन प्रसाद शर्मा र अमित अग्रहरीले २–२ तथा गौतम जिसी, अजय त्रिपाठी र प्रवेज अन्सारीले १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको बुद्धले ३१ ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाउँदै जीत निकाल्यो । उसको जीतमा सुरज पौडेलले २७, मिथलेश यादवले २६, दिलसाद अलीले २५, गौतम जिसीले २२ र हरिकेश मुराउले १० रन बनाए । 
    बलिङमा जेआरका दिनेश विष्टले २ तथा घनश्याम पाण्डे, कृष्ण पन्थी, विशाल भुसाल र विनय जिसीले समान १–१ विकेट लिए । खेलमा दिलसाद अली प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

    प्रतियोगिताको विजेता टीमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार २ सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

    प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । त्यसै गरी सिद्धार्थ उद्योग बाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रवि कुमार रौनियार, प्रतीक ट्रेड लिंक र व्यवसायी अमित कुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।