२०८३, जेठ १ गते

May 15 2026 | २०८३, जेठ १ गते

बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य समस्या पहिचानसम्बन्धी अन्तरक्रिया

शुक्रवार , जेठ १, २०८३

  • 133
    Shares
  • 133
    Shares
  • भैरहवा, १ जेठ । बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य समस्या पहिचानका बारेमा बिहीबार रुपन्देहीको भैरहवामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

    कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी समस्या र पहिचानका बारेमा सिविन नेपालका मनोचिकित्सक डा. विनोद पौडेलले प्रस्तुतीकरण गर्नुभएको थियो । मानसिक स्वास्थ्य वातावरण, जैविक वातावरण, सामाजिक वातावरण र व्यक्तिगत हिसाबले प्रभाव पार्ने गरेको डा. पौडेलले बताउनु भयो । मानसिक स्वास्थ्य प्रर्वद्धनमा शिक्षक–शिक्षिकाको पनि भूमिका रहेको उहाँले बताउनुभयो । उदासिनता डिप्रेसन, चिन्ता विकार, रुपान्तरित विकार, आत्महत्या जस्ता विविध विषयमा चर्चा गरिएको थियो । 

    कार्यक्रममा रुपन्देही जिल्लाका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा, स्वास्थ्य, सामाजिक शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता थियो । 

    WhatsApp Image 2026-05-14 at 3.58.25 PM.jpeg

    यसैबीच सिविन नेपाल अन्तर्गत नयाँ परियोजना मेन्टल हेल्थ म्याटर्स सुरु भएको छ । आजै सो परियोजनाका बारेमा अभिमुखीकरण गरिएको थियो । परियोजनाका साइकोलोजिष्ट यशोदा बगालेले परियोजनाका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो । 

    परियोजना रुपन्देही जिल्लाका सम्पूर्ण स्थानीय तहहरुमा सञ्चालन हुने भए पनि हाल भने पाँचवटा पालिकामा सञ्चालन हुने बगालेले बताउनुभयो । हाल ओमसतिय र रोहिणी गाउँपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिका र बुटवल उपमहानगरपालिकामा परियोजना सञ्चालन हुनेछ । 

    बालबालिका र किशोरकिशोरीहरु लक्षित समूहमा गरिने कार्यक्रमको ३ वर्षसम्मको बजेट २ करोड ८ लाख ७६ हजार ९ सय ११ रहेको बगालेले बताउनुभयो । 

    कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई,ब ुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल, सिविन नेपाल भैरहवा म्यानेजर तथा हेल्पलाइन प्रमुख विष्णु पौडेल लगायतले बोल्नुभएको थियो । 

    कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, उपाध्यक्ष शिवकान्ती हरिजन, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेत, ओमसतिया गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी, तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वरी देवी चौधरी, सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्साल, स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली लगायतको उपस्थिति थियो ।

    कार्यक्रममा पाँचवटा पालिकालाई कार्यक्रमको सम्झौता फर्मेट समेत हस्तान्तरण गरिएको थियो ।