२०८३, जेठ २ गते

May 16 2026 | २०८३, जेठ २ गते

लुम्बिनी बौद्ध विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा. माणिकरत्न शाक्य नियुक्त

शुक्रवार , जेठ १, २०८३

  • 262
    Shares
  • 262
    Shares
  • भैरहवा, १ जेठ । लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व डिन सह–प्राध्यापक डा. माणिकरत्न शाक्यलाई विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी तोकिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयमा उपकुलपतिको पद रिक्त रहेको अवस्थामा दैनिक प्रशासनिक तथा प्राज्ञिक कार्य सञ्चालनका लागि उहाँलाई जिम्मेवारी दिएको हो ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी पत्रअनुसार प्रधानमन्त्री तथा कुलपतिस्तरको २०८३ जेठ ३० गतेको निर्णय बमोजिम डा. शाक्यलाई उपकुलपतिको जिम्मेवारी तोकिएको उल्लेख गरिएको छ । विश्वविद्यालयको नियमित कामकारबाही प्रभावकारी रूपमा सञ्चालन गर्न उक्त निर्णय गरिएको जनाइएको छ ।

    सरकारले अध्यादेश ल्याएपछि उपकुलपति पद रिक्त भएको थियो । डा. शाक्य लामो समयदेखि बौद्ध अध्ययन, अनुसन्धान तथा शैक्षिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । उहाँ विश्वविद्यालयका विभिन्न शैक्षिक तथा अनुसन्धानात्मक गतिविधिमा संलग्न रहँदै आउनुभएको थियो । यसअघि पनि विश्वविद्यालयका विभिन्न कार्यक्रममा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

    लुम्बिनी बौद्ध विश्वविद्यालय नेपालकै एकमात्र बौद्ध विश्वविद्यालयका रूपमा परिचित रहेको छ । विश्वविद्यालयमा बौद्ध दर्शन, संस्कृति, भाषा तथा अनुसन्धानसम्बन्धी अध्ययन–अध्यापन हुँदै आएको छ ।