२०८३, जेठ २ गते

May 16 2026 | २०८३, जेठ २ गते

काशी नोबलमा कोरियन भाषाको पठनपाठन

शनिवार , जेठ २, २०८३

  • 166
    Shares
  • 166
    Shares
  • भैरहवा, २ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ (भैरहवा) स्थित काशी नोबल एकेडेमीले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा कोरियन भाषा विषयको पठनपाठन सञ्चालन गर्ने भएको छ ।

    विद्यालयले कक्षा ११ र १२ मा कोरियन भाषालाई ऐच्छिक विषयका रूपमा अध्यापन गराउने शुक्रबार पत्रकार भेटघाट कार्यक्रममार्फत जानकारी गराएको छ । 

    विद्यालयका प्राचार्य राजेन्द्र प्रसाद घिमिरेले कक्षा ११ मा कोरियन भाषा अध्यापन गराउने काशी नोबल एकेडेमी पहिलो विद्यालयको रुपमा स्थापित हुने देखिएको उहाँले बताउनुभयो । उहाँले भाषाको ज्ञान जरुरी रहेको बताउनुभयो । 

    ‘नेपाली विद्यार्थी कोरिया गइ अध्ययन गरेर पछिल्ला वर्षमा हासिल गरेको प्राविधिक र आर्थिक प्रगतिको जानकारी तथा प्रविधि नेपालमा ल्याउन सक्ने भएकाले कोरियन भाषा अध्ययन गराउन लागिएको हो, ’उहाँले भन्नुभयो । विद्यालयको लक्ष्य केवल भाषा सिकाउनु मात्र नभएको उहाँले बताउनुभयो । नेपाली विद्यार्थीहरूले कोरियामा गएर उच्चस्तरको प्राविधिक शिक्षा हासिल गरी नेपाल फर्किएर यहाँ दक्ष जनशक्ति तयार पार्न सकून् भन्ने उद्देश्य पनि रहेको प्राचार्य घिमिरेले बताउनुभयो ।

    विद्यालयका सह–प्राचार्य श्री रायमाझीले दक्षिण कोरियामा दक्ष जनशक्तिको माग उच्च रहेको र विदेशी विद्यार्थीहरूलाई विभिन्न छात्रवृत्ति दिएर आकर्षित गरिएकाले नेपाली विद्यार्थीलाई पनि त्यो अवसर हुने बताउनुभयो । भाषा सिकेका विद्यार्थीहरुलाई सहज हुने उहाँले बताउनुभयो । 

    ‘युरोप/अमेरिका जाने धेरैजसो विद्यार्थीहरू उतै स्थायी बसोबास गर्ने तिर लाग्ने गरेका पाइएको छ । कोरियामा अध्ययनका लागि जाने विद्यार्थीहरूले निश्चित समयपछि स्वदेश फर्किनुपर्ने नियमका कारण उनीहरूले सिकेको सीप र प्रविधि नेपालकै विकासमा उपयोग हुन सक्छ, ’उहाँले भन्नुभयो ।’ विद्यालयमा कोरियन भाषा विषय अध्यापन गराउनेसम्बन्धी जानकारी राष्ट्रिय परीक्षा बोर्ड र सिद्धार्थनगर नगरपालिकालाई जानकारी गराइसकिएको उहाँले बताउनुभयो । 

    विद्यालय सञ्चालक समितिका अध्यक्ष टोप बहादुर रायमाझीले काशी नोबल एकेडेमीले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । काशीमा हाल १ हजार ६ सय १५ विद्यार्थी अध्ययनरत छन् । त्यस्तै यहाँ ११२ जना शिक्षक–कर्मचारी कार्यरत छन् ।