२०८३, जेठ ४ गते

May 18 2026 | २०८३, जेठ ४ गते

जनताका समस्या समाधानमा गम्भिर बन्न सरकारलाई सांसदहरुको आग्रह

सोमवार , जेठ ४, २०८३

  • 220
    Shares
  • 220
    Shares
  • काठमाडौं, ४ जेठ । सांसदहरुले जनताका जल्दाबल्दा समस्याहरु तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।

    सोमवार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरु अच्युतम लामिछाने, इन्दिरा रानामगर, अनुष्का श्रेष्ठलगायतले किसानहरुका लागि समयमा नै मल, विउविजनको व्यवस्था गर्नुपर्ने लगायतका आम जनताका सरोकारका विषयमा गम्भिर बन्न सरकारलाई सचेत गराउनुभएको हो । सांसद लामिछानेले किसानलाई खेतीवालीका लागि आवश्यक पार्ने सबै सामग्रीहरुको उचित व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । 

    उहाँले भन्नुभयो,‘किसानहरु खेती गर्ने मुख्य समयमा मल, बीउ, बीजन र आवश्यक कृषि औजारको  अभावमा छन् । समयमा नै मल नपाउँदा उत्पादनमा ह्रास आउने सम्भावना छ । यसले किसान निराश भइरहेका छन् । र, कृषि पेशानै संकटमा पर्दै गइरहेको छ ।

    आफ्ना जग्गा जमिनका उत्पादन गरेका बस्तु खेतदेखि पेटसम्म पु¥याउनका लागिर आफना गोठमा उत्पादित भएका बस्तु गोठदेखि ओठसम्म पु¥याउनका लागि दुख गर्ने कृषकलाई सम्झेर सरकारसँग म माग गर्दछु कि खेतीको समयमा आवश्यक पर्ने मल, विउविजन र कृषि औजार सहज, सुलभ र समयमा उपलब्ध गराउने सुनिश्चितता गरियोस् ।’

    सांसद इन्दिरा रानामगरले झापामा एशिएन हाईं वे बनाउनका लागि बस्तीमा वायु प्रदुषण हुने गरी अलकत्र निर्माण कार्य गरिएको भन्दै तत्काल हटाउनका लागि सरकारसँग माग गर्नु भयो । उहाँले पाटन औद्योगिक क्षेत्रको व्यवस्थापनमा पनि सरकारले आवश्यक कदम चाल्नुपर्ने बताउनु भयो । 

    सांसद रानामगरले भन्नुभयो, ‘झापा क्षेत्र नम्बर २ मा वायु प्रदुषणका कारण धेरै क्यान्सर पीडितहरु छन । एशिएन हाईवे बनाउने भनेर अलकत्रहरु बस्तीमा बनाएका छन् । हटाउन धेरै पटक ध्यानाकर्षण गराउँदा पनि नसुनेको अवस्था छ ।

    यसमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । त्यस्तै गरेर यो पाटन औद्योगिक क्षेत्र भनेको घरेलु उद्योगको लागि छुट्टयाइएको औद्योगिक क्षेत्रलाई अहिले ठूला उद्योग खोलेर धेरै मानिसहरु विरामी भएको र केहीको मृत्य पनि भएको भन्ने कुरा थाहा पाईयो ।’

    सांसदहरुले सरकारले पर्यटन प्रवद्र्धनका लागि सक्षम संरचना निर्माणमा ध्यान दिनुपर्ने बताउनु भयो । त्यसैगरी उहाँले कर्मचारीहरुको नियुिक्त प्रक्रियामा ढिलाई नगर्न पनि सरकारलाई दबाब दिनुभयो । 

    सांसद श्रेष्ठले भन्नुभयो, ‘सक्षम पदाधिकारी नियुक्ती गर्ने कार्यमा ढिलाई नगर्न पनि सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु । समयमा नै इफेक्टिभ पर्यटन प्रवद्र्धनका निम्ति सक्षम, सृजनात्मक नेतृत्व र संरचना तत्काल आवश्यक छ नि सम्माननीय सभामुखमार्फत नेपालका सरकारलाई निवेदन गर्न चाहन्छु ।’

    सांंसद श्रेष्ठले सरकारले नागरिकको सेवाको कामलाई तीव्रताका साथ अघि बढाउनुपर्नेमा पनि जोड दिनुभयो ।