सोमवार , जेठ ४, २०८३
भैरहवा, ४ जेठ । अखतियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले स्थानीय तहस्तरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी कोटहीमाई गाउँपालिकामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सुरक्षाकर्मी तथा पालिकाभित्र रहेको अन्य कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरुकोसहित सञ्चारकर्मीहरुको समेत उपस्थितिमा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा भ्रष्टाचारको परिभाषा र संवैधानिक व्यवस्था, सुशासनको अवस्था, कानूनी संरचनागत ब्यवस्था र रणनीति, भ्रष्टाचारजन्य कसुर तथा सजाय, आयोगको क्षेत्राधिकार, उजुरी दर्ता तथा छानबीन प्रक्रिया, हाल उजुरीको अवस्था लगायत विभिन्न विषयवस्तुबारे छालफल भएको आयोग बुटवलको प्रमुख बिनिता भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले अन्तरक्रियाले जिम्मेवारी र इमान्दारितामा थप उर्जा थपेको बताउनुभयो । आजको लापरवाहीले भोली समाजिक प्रतिष्ठामा ठुलो आँच पुग्नेप्रति चनाखो भएको उहाँले बताउनुभयो । नियम–कानूनप्रति कर्मचारी जनप्रतिनिधि सबैले चनाखो र सचेत भइ काम गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘कानूनी पालनाले समाजलाई भ्रष्टाचारमुक्त र सुशासनमुखी बनाउँछ । हामी सबैले कानुनको पालना गरे समाजको विकास देश समृद्ध हुन्छ ।’
कार्यक्रममा कोटहीमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादव, वडा नम्बर ५ का वडाअध्यक्ष तथा पालिकाका प्रवक्ता संजय कुमार सैनी, गाउँपालिका शिक्षा शाखा प्रमुख अमृता बुढाथोकी, तुनिहवा माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवपुजन यादव लगायतले बोल्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
