२०८३, जेठ ६ गते

May 20 2026 | २०८३, जेठ ६ गते

बुवाको वार्षिक पुण्यतिथिमा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

बुधवार , जेठ ६, २०८३

  • 877
    Shares
  • 877
    Shares
  • भैरहवा, ६ जेठ । वीर फाउण्डेशन नेपालकी अध्यक्ष विजया खत्रीले आफ्नो बुवाको वार्षिक पुण्यतिथिमा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्नुभएको छ । स्वर्गीय वीरबहादुर खत्रीको वार्षिक पुण्यतिथिको अवसरमा मंगलबार उहाँले पाँचजना दलित तथा विपन्न विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

    ‘मेरो बुवा स्वर्गीय वीर बहादुर खत्रीको नामबाट खोलिएको वीर फाउण्डेशन नेपालले समुदायमा रहेर काम गर्दै आएको छ । साथै बुवाको वार्षिक पुण्यतिथिमा प्रत्येक वर्ष विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आएका छौं, ’उहाँले भन्नुभयो ।

    छात्रवृत्तिवापत उपलब्ध गराइएको रकम र शैक्षिक सामग्रीले विद्यार्थीहरुलाई केही भए पनि सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । आगामी वर्षमा पनि यो कार्यलाई निरन्तरता दिदै जाने उहाँको भनाइ छ ।

    छात्रवृत्ति प्रदान गरिएको पाँचजना विद्यार्थी स्नातक तहमा अध्ययनरत छन् । फाउण्डेशनले हरेक वर्ष स्वर्गीय खत्रीको स्मृतिमा छात्रवृत्ति वितरण गर्दै आएको छ । 

    वीर फाउण्डेशनकी सदस्य मनिषा कोहारले सानो रकमले विद्यार्थीहरुलाई ठूलो होसला प्रदान गर्ने बताउनुभयो । वीर फाउण्डेशन नेपालको अध्यक्ष विजया खत्रीका अनुसार संस्थाले शिक्षा, सामाजिक सेवा तथा विपन्न समुदायको उत्थानका क्षेत्रमा काम गर्दै आएको छ ।

    फाउण्डेशनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।