
मंगलवार , बैशाख २८, २०७८
भैरहवा, २८ वैशाख ।
महालक्ष्मी विकास बैंक लिमिटेड भैरहवा शाखाले अस्पताल र आइसोलेशन सेन्टरमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।
बैंकले भैरहवास्थित भीम अस्पताल र सिद्धार्थनगर नगरपालिकाको आइसोलेशन सेन्टरमा सर्जिकल २५ प्याकेट मास्क, २५ लिटर सेनिटाइजर र ५० दर्जन पानी उपलब्ध गराएको हो ।
कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई केही भए पनि राहत होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको बैंकका भैरहवा शाखा प्रबन्धक गौतम गुप्ताले बताए ।
सामग्री हस्तान्तरण कार्यक्रममा भीम अस्पताल आकस्मिक कक्ष (इमरजेन्सी ब्लक) इञ्चार्ज सविता शर्मा, भैरहवा बैंकर्स क्लबका अध्यक्ष खिम बहादुर कार्की, कोषाध्यक्ष प्रेमसागर अग्रहरी, महालक्ष्मी विकास बैंकका नकुल कार्की, रमेश हरिजन लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij