२०८३, जेठ १० गते

May 24 2026 | २०८३, जेठ १० गते

स्थापना दिवसको अवसरमा स्वस्तीक महिला सहकारीद्वारा निःशुल्क स्वास्थ्य शिविर

शनिवार , जेठ ९, २०८३

  • 484
    Shares
  • 484
    Shares
  • भैरहवा, ९ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ गोलिगढस्थित श्री स्वस्तीक महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शुक्रबार संस्थाको भवनमा उक्त शिविरको आयोजना गरिएको थियो ।

    संस्थाको स्थापना दिवसको अवसरमा शिविर सञ्चालन गरिएको अध्यक्ष लता पोखरेलले बताउनुभयो । अध्यक्ष पोखरेलका अनुसार युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, शिक्षण अस्पताल (युसीएमएस) भैरहवाको प्राविधिक सहयोगमा भएको शिविरमा १३५ जना बिरामीको चेकजाँच गरिएको थियो । 

    jjjjjjjjjjj.jpg

    शिविरको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले भावनामा बगेर नीति, नियम अनुसार अगाडि नबढे समस्या आउने बताउनुभयो । ‘नयाँ टीम आएपछि संस्थामा परिवर्तन आएको छ । काम गर्ने क्रममा कहिलेकाही समस्या आउँछ । केही काम बिग्रन्छ भने काम गर्न आउँदैन भन्ने होइन, ’उपप्रमुख अधिकारीले भन्नुभयो । 

    श्री स्वस्तीक महिला बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्वका कार्यहरु पनि गरेको भन्दै संस्थाको प्रशंसा गर्नुभयो ।

    त्यस्तै सहकारीको संस्थापक अध्यक्ष लक्ष्मीदेवी पाण्डेले यो संस्थाले धेरै सामाजिक कार्यहरु गरेको बताउनुभयो । २०६५ साल जेठ ८ गते दर्ता भएको सहकारीले आफ्नो काम बचत र ऋणमा मात्र सीमित नगरी महिला सशक्तिकरणको क्षेत्रमा पनि काम गर्दै आएको बताउनुभयो । 

    युसीएमएसका प्रशासन संयोजक तेज के.सी.ले श्री स्वस्तीक महिला बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुलाई अस्पतालमा कुनै पनि ल्याब परीक्षणमा २० प्रतिशत, टिकट निःशुल्क र बेड चार्जमा ५० प्रतिशत छुट प्रदान गरिने बताउनुभयो ।

    सहकारीको अध्यक्ष लता पोखरेलको अध्यक्षता, उपाध्यक्ष मुना देवकोटाको स्वागत तथा सचिव अनिता थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । शिविरमा नाक, कान, घाँटी, छाला तथा यौनरोग, जनरल फिजिसियन, हाडजोर्नी तथा नशा रोग, दन्तरोग विशेषज्ञ सेवा लगायत सेवा प्रदान गरिएको थियो ।

    स्थापना दिवसको अवसरमा संस्थाले संस्थापक अध्यक्ष लक्ष्मीदेवी पाण्डेलाई सम्मान समेत गरेको थियो ।