शनिवार , जेठ ९, २०८३
भैरहवा, ९ जेठ । भैरहवास्थित रुपन्देही क्याम्पसले अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी सन्तोष यादवलाई सम्मान गरेको छ । नेपाललाई अन्तर्राष्ट्रियस्तरमा क्रिकेटमार्फत चिनाउन सफल हुनुभएका यादवलाई क्याम्पसले एक कार्यक्रमकाबीच सम्मान गरेको हो । यादव हाल रुपन्देही क्याम्पसमा स्नातक तह (व्यवस्थापन संकाय) तेस्रो वर्षमा अध्ययनरत हुनुहुनछ ।
कार्यक्रममा क्याम्पस प्रमुख मोतीलाल सुवेदी, सहायक क्याम्पस प्रमुख बसन्त पोखरेल, ईसीएल प्रमुख शारदा गौतम लगायत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख मोतीलाल सुवेदीले सन्तोष यादवले खेलकुद क्षेत्रमा मात्र नभइ क्याम्पसको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान दिएको बताउनुभयो । उहाँले आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गर्नुभयो ।
सहायक क्याम्पस प्रमुख बसन्त पोखरेलले विद्यार्थीले अध्ययनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता हासिल गर्नु सम्पूर्ण क्याम्पसका लागि गौरवको विषय भएको उल्लेख गर्नुभयो ।
सम्मान ग्रहणपछि क्रिकेट खेलाडी सन्तोष यादवले आफूलाई दिएको सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै अध्ययन र खेलकुदलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी शिक्षक तथा विद्यार्थीहरूले यादवको उज्ज्वल भविष्यको कामना गरेका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
