२०८३, जेठ १३ गते

May 27 2026 | २०८३, जेठ १३ गते

नयाँ कलोनी टोल सुधार समितिको साधारण सभामा ८ विद्यार्थी सम्मानित

आइतवार , जेठ १०, २०८३

  • 787
    Shares
  • 787
    Shares
  • भैरहवा, १० जेठ । नयाँ कलोनी टोल सुधार समिति सिद्धार्थनगर नगरपालिका–९, रुपन्देहीको तेस्रो वार्षिक साधारण सभा भैरहवामा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्नुहुँदै प्रमुख अतिति सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले नयाँ कलोनी टोल सुधार समितिले रचनात्मक र प्रेरणादायी काम गरिरहेको भन्दै प्रशंसा गर्नुभयो 

    विशिष्ट अतिथि रुपन्देही जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीको प्रमुख (प्रहरी निरीक्षक) प्रतिमा कार्कीले सवारी दुर्घटनाको कारणले मानिसहरूले ज्यान गुमाउने अवस्था देखिएकोले टोल सुधार समितिले सचेतना कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।

    टोल सुधार समितिका सल्लाहकार नारायण प्रसाद भण्डारीले विकासमा राजनीति गर्न नहुने बताउनुभयो । उहाँले टोलको विकासमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

    संस्थाका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामा भएकोसाधारण सभामा सचिव सुवास रिजालले सचिवको प्रतिवेदन र कोषाध्यक्ष समिर कुमार कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । 

    कार्यक्रममा २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याउने ८ जना नयाँ कलोनी टोलका विद्यार्थीलाई सम्मान गरिएको थियोे ! समानित हुनेमा अपेक्षा बेलबासे, आर्यन भण्डारी, ओजस कार्की, समिता कुँवर, सुबान्सु पाण्डे, आकृति पाण्डे, स्पर्श गौतम र पञ्चम पन्थ रहनुभएको छ ।

    WhatsApp Image 2026-05-24 at 8.15.21 AM.jpeg

    कार्यक्रममा वडा सदस्य बसुन्धरा पोखरेल, विधार्थी अपेक्षा बेलबासे, कठौतिया टोल सुधार समितिका अध्यक्ष चन्द्रो कहार, नयाँ कलोनी महिला समूहका उपाध्यक्ष सरिता मल्ल लगायतले बोल्नुभएको थियो ।

    WhatsApp Image 2026-05-24 at 5.33.51 AM (1).jpeg

    संस्थाका उपाध्यक्ष कुलचन्द्र गौतमको स्वागत तथा सचिव सुवास रिजालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।