२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

तिलोत्तमा चेम्बरद्वारा नगरपालिकालाई अक्सिजन खरीदका लागि सहयोग

मंगलवार , बैशाख २८, २०७८

तिलोत्तमा, २८ वैशाख ।
तिलोत्तमा चेम्बर अफ कमर्सले तिलोत्तमा नगरपालिकाको आइसोलेशनमा रहेका कोरोना संक्रमित बिरामीहरुको उपचारमा अक्सिजन अभाव हुन नदिने उद्देश्यले १ सय थान अक्सिजन सिलिण्डर भर्नका लागि सहयोग रकम हस्तान्तरण गरेको छ । चेम्बरका अध्यक्षले तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेललाई  चेक हस्तान्तरण गरेका हुन् ।

चेम्बरका अध्यक्ष बाबुलाल भुसालले चेम्बरको टिम जस्तोसुकै परिस्थितिमा पनि सहयोग गर्न तयार रहेको जानकारी दिए । साथै सबैमा सहयोगको लागि उनले अपिल समेत गरेका छन् ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले आ–आफ्नो क्षेत्रबाट चेम्बरले जस्तै सहयोगका लागि सम्पूर्णलाई आग्रह गरे ।
चेक हस्तान्तरण कार्यक्रममा उपस्थित अध्यक्ष बाबुलाल भुसाल, प्रथम उपाध्यक्ष रामचन्द्र पान्डेय, द्वितीय उपाध्यक्ष नेत्र प्रसाद न्यौपाने, सचिव मान बहादुर बर्मा, कार्यालय प्रमुख रामु सापकोटाको उपस्थिति रहेको थियो ।