२०८३, आषाढ २९ गते

Jul 13 2026 | २०८३, आषाढ २९ गते

काशीमा दुईवटा छात्रवृत्ति वितरण

सोमवार , जेठ ११, २०८३

  • 829
    Shares
  • 829
    Shares
  • भैरहवा, ११ जेठ । काशी नोबल एकेडेमी सिद्धार्थनगर, रुपन्देहीमा सोमबार दुईवटा छात्रवृत्ति वितरण गरिएको छ । काशी तारा ई.सविन पहारी स्मृति अक्षयकोषबाट छात्र संस्कार ढकाल र छात्रा जानकी ढाडीलाई छात्रवृत्ति प्रमाणपत्रसहित जनही ७ हजार ५ सय ५ रुपैयाँ प्रदान गरिएको छ  । 

    सो छात्रवृति अक्षयकोषका संरक्षक शिवप्रसाद पहारीद्वारा २०७७ सालमा स्थापना गरिएको थियो । शैक्षिक सत्र २०८२ को आधारभूत शिक्षा परीक्षा (बीईई) मा सहभागी भइ उत्कृष्ट नतिजा प्राप्त गर्न सफल दुईजना विद्यार्थीलाई उक्त छात्रवृति प्रदान गरिएको हो । 

    त्यसै गरी मेधावी ओजस काशी शैक्षिक छात्रवृति अक्षयकोषबाट छात्र आयन थापा र छात्रा दीपशिखा नेपाललाई छात्रवृति प्रमाणपत्र सहित जनही ७ हजार ५ सय ५ रुपैयाँ प्रदान गरिएको छ । 

    सो छात्रवृति अक्षयकोषका संरक्षक डा.आलोक पाण्डेद्वारा यस वर्षदेखि स्थापित छात्रवृत्ति हो । उक्त अक्षयकोषबाट शैक्षिक सत्र २०८२ मा कक्षा ७ को वार्षिक परीक्षमा सहभागी भइ उत्कृष्ट नतिजा प्राप्त गर्न सफल दुईजना विद्यार्थीलाई यो छात्रवृति प्रदान गरिएको हो । 

    काशी नोबल एकेडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोप बहादुर रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य राजेन्द्र घिमिरे, सह–प्राचार्य श्री रायमाझी, छात्रवृत्तिका संस्थापक शिवप्रसाद पहारी, डा. आलोक पाण्डे लगायतले बोल्दै विद्यार्थीको उज्जवल भविष्यको कामना गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका सल्लाहकार ओम जैसी, लेखा प्रमुख विपिन साह, विद्यार्थी, शिक्षकलगायतको उपस्थिति थियो ।