२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ६ घाइते

मंगलवार , जेठ १२, २०८३

  • 286
    Shares
  • 286
    Shares
  • काठमाडौं, १२ जेठ । बंगलादेशको टांगेल जिल्लामा सोमवार बिहान एउटा ट्रक दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

    राजधानी ढाकाबाट करिव ९७ किलोमिटरको दूरीमा रहेको उक्त स्थानमा रड बोकेको ट्रक अनियन्त्रित भई पुल नजिकैको खाल्डोमा पल्टिएको हो ।

    टांगेलका प्रहरी उपरीक्षक मोहम्मद शम्सुल आलम सरकारले सञ्चारकर्मीहरूलाई दिएको जानकारीअनुसार दुर्घटना सोमवार बिहान करिव ४ः३० बजे भएको थियो ।

    मृतकहरू सबै आगामी मे २८ मा मनाइने मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व इद उल–अधा मनाउनका लागि ट्रक चढेर बंगलादेशको उत्तरी जिल्लातर्फ जाँदै थिए ।

    प्रहरी अधिकारीकाअनुसार रड र यात्रु बोकेको सो ट्रकका चालकले सवारी साधनमाथिको नियन्त्रण गुमाउँदा उक्त दुर्घटना भएको हो । घाइतेहरूको अवस्था र थप विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।