२०८२, भाद्र ७ गते

Aug 23 2025 | २०८२, भाद्र ७ गते

दाङको बेलझुण्डी कोरोना अस्पतालमा अक्सिजनको अभावमा ८ जनाको मृत्यु

मंगलवार , बैशाख २८, २०७८

  • 4.3K
    Shares
  • 4.3K
    Shares
  • दाङ, २८ वैशाख । 
    दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालमा थप ८ जना संक्रमितको मृत्यु भएको छ । कोरोना अस्पतालका व्यवस्थापक दोर्ण वलीका अनुसार गएराति ८ः४५ बजेदेखि आन दिउँसो ३ः४५ बजेसम्म उपचाररत ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    मृतक २ जना महिला र ६ जना पुरूष हुन् । अक्सिजन अभावका कारण उनीहरूको मृत्यु भएको हो । अस्पतालमा ४० जनालाई मात्रै पुग्ने अक्सिजन भएको भन्दै वलीले भने, ‘अहिले ६१ जनाको उपचार गरिरहेका छौ । यसरी कसरी उपचार सम्भव छ ? उनका अनुसार अहिले ६१ मध्य ५ जनाको आइसीयूमा उपचार भइरहेको छ । अक्सिजन अभावका कारण थप संक्रमित भर्ना गर्न नसकिने अस्पतालले जनाएको छ ।