२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

बुवाको स्मृतिमा दन्त अस्पताल

बुधवार , भाद्र ३, २०७७

  • 7.8K
    Shares
  • 7.8K
    Shares
  • भैरहवा, ३ भदौ । 
    समाजसेवी विजया खत्रीले आफ्नो बुवा विर बहादुर खत्रीको स्मृतिमा अस्पताल बनाउने घोषणा गरेकी छन् । विर फाउण्डेशन नेपालमार्फत खत्रीले रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा दन्त अस्पताल निर्माण गर्ने घोषणा गरेकी हुन् । 

    जिल्लाको ग्रामीण क्षेत्र मर्चवारका नागरिकहरुलाई दाँत सम्बन्धि समस्याको उपचारमा सहजता होस् भन्ने उद्देश्यले बुवाको स्मृतिमा फाउण्डेशनमार्फत दन्त अस्पताल निर्माण गरिने उनले बताइन् । 

    ‘दाँतसम्बन्धि समस्याबाट पीडित विरामीहरुलाई राहत होस् भन्ने उद्देश्यले अस्पताल बनाउने सोच आयो, विर फाउण्डेशनका खत्रीले भनिन् ।’ फाउण्डेशनले भ्रष्टाचारविरुद्ध समेत काम गर्ने फाउण्डेशनका प्रबन्ध निर्देशक कमला खत्रीले जानकारी दिइन् ।