२०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

रुपन्देही क्रिकेट संघको अध्यक्षमा थापा र सचिवमा मल्लिक विजयी

मंगलवार , जेठ २६, २०८३

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, २६ जेठ । रुपन्देही क्रिकेट संघको अध्यक्षमा हरि बहादुर थापा विजयी हुनुभएको छ । सोमबार सम्पन्न संघको ३० औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन (निर्वाचन) बाट थापा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

    प्रमुख निर्वाचन अधिकृत कुलमणि ज्ञवालीका अनुसार ६९ मतका साथ थापा विजयी हुनुभएको हो । अध्यक्षका अर्का उम्मेदवार शक्ति प्रसाद गौचनले ४९ मत प्राप्त गर्नुभयो । चार वर्षअघि भएको निर्वाचनमा पनि गौचनलाई पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

    त्यस्तै उपाध्यक्षमा ६९ मतका साथ खेमराज भुसाल विजयी हुँदा उहाँका प्रतिष्पर्धी संजीव जोशीले ५० मत प्राप्त गर्नुभयो।

    सचिवमा उदय कुमार मल्लिक ६८ मत प्राप्त गरी विजयी हुनुभएको छ । सचिव पदका अर्का उम्मेदवार प्रथम पराजुलीले ५१ मत प्राप्त गर्नुभयो ।

    त्यस्तै कोषाध्यक्षमा धिरज अधिकारी क्षेत्री ७७ मतका साथ विजयी हुँदा उहाँका प्रतिष्पर्धी सत्यजीत सरकारले ४१ मत प्राप्त गर्नुभयो ।

    सदस्य (महिला) मा उमा अधिकारी ७७ मतका साथ विजयी हुँदा उहाँको प्रतिष्पर्धी अलिशा के.सी.ले ४२ मत प्राप्त गर्नुभयो ।

    सदस्यमा प्रशान्त विक्रम मल्ल (८९), निरज प्रताप खाँण (७३), पुनित पोख्रेल (६७), मनोज भण्डारी (५९), भुवन पाण्डे (५६), विजय सिंह ज्ञवाली (६४), कृष्ण कुमार कुँवर (५२), ज्वालेस प्रसाद प्रधान (५८), अन्तिम थापा (५९) र तारा प्रसाद पाठक (५६) मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत विष्णु प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

     १२६ मतदाता रहेको संघमा सोमबार भएको मतदानमा १ सय १९ मत खसेको थियो ।