
बुधवार , बैशाख २९, २०७८
भैरहवा, २९ वैशाख ।
लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषदको बुधबार बसेको बेठकले विभिन्न निर्णय गरेको छ । बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा बुटवलका डा. ईश्वर गौतम र सदस्यमा दाङका तेजबहादुर बस्नेतलाई नियुक्त गरेको छ । यस अघि पनि डा. गौतमले सोही जिम्मेवारी सम्हालेका थिए ।
त्यस्तै जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने बैठकले निर्णय गरेको छ । त्यसै गरी डा. मनिलाल श्रेष्ठ र जीवनारायण यादवलाई लुम्बिनी प्रदेश मातहतमा अस्पतालमा कामकाजमा खटाउने निर्णय बैठकले गरेको छ । जसअन्तर्गत श्रेष्ठलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र यादवलाई राप्ती प्रादेशिक अस्पताल दाङमा खटाइने मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेर बहादुर के.सी.ले जानकारी दिए ।
कोभिड कोष सञ्चालनका लागि सदस्य सचिव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रहने बैठकले निर्णय गरेको छ । यस अघि सामाजिक मन्त्रालयका सचिव रहने व्यवस्था थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij