बुधवार , भाद्र ३, २०७७
डि.एल. नतांश।
दले दाईको रगतले नयाँ जीवन पाएँ बाबा
खोला पनि तारी दिए यहाँ सम्म आए बाबा
सुन पानी छर्किएर तिलानीले आच्मन गरी
आउँदा जाँदा पसे भन्थे उनले छोको खाएँ बाबा
हजुर बाहुन भनि मेरो पाउ पर्न खोजेकाथे
तिमी र म समान भनि मित पनि लाएँ बाबा
आश्रम भित्र पस्न हुन्न अर्कोलाई खोज भन्थे
बल गरेर उनैबाट हाम्रो घर पनि छाएँ बाबा
सहनाई उनले फुके सारङगीलाई मैले रेटी
भजनलाई थाती राखि गीतहरू गाएँ बाबा
https://www.youtube.com/watch?v=CrH3DJPHpyY
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij