२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सिमरा र चितवनबाट हेलिकप्टरबाट ल्याइयो अक्सिजन 

बुधवार , बैशाख २९, २०७८

भैरहवा, २९ वैशाख । 
अस्पतालमा अक्सिजनको अभावमा धेरैको ज्यान जान थालेपछि रूपन्देहीमा सेनाको हेलिकप्टरबाट अक्सिजन ल्याइएको छ । नेपाली सेनाको एमआई ७० हेलिकप्टरबाट ४० थान सिलिण्डर भैरहवा विमानस्थल आइपुगेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

‘अक्सिजन अभाव भएपछि धेरैको ज्यान जान थाल्यो, रुपन्देहीको उत्पादनले थामेन त्यसैले तत्काल समस्या समाधानमा लागि ४० थान ल्याइ पुर्याइएको छ, ’प्रजिअ तामाङले भने । उनले हेलिकप्टरबाट ल्याइएका अक्सिजनमध्ये भैरहवास्थित भिम अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइने बताए । अहिले नेपाली सेनाले बाराको सिमराबाट र चितवनबाट ४० थान सिलिण्डर ल्याइपुर्याएको र बिहीबार बिहान २ पटक गरी थप १ सय थान सिलिण्डर ल्याइ पुर्याइने प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

यसका साथै बुटवलबाट पोखरा, चितवन, बिरगन्ज, विराटनगर लगायतका स्थानहरुमा खाली सिलिण्डर पठाइएको र ती सिलिण्डरहरु समेत सडकमार्गबाट आउने क्रममा रहेको उनले बताए ।