२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

सरावलमा कोरोना बाट बच्नको लागि योग अभ्यास कार्यक्रम सरु

बिहिवार , बैशाख ३०, २०७८

नवलपरासी, ३० बैशाख

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ मा नयाँ भेरियन्ट सहितको कोरोना बाट बच्न र शारीरिक समस्या समाधान गर्नको लागि योग अभ्यास कार्यक्रम सुरु भएको छ । जनविकास किशोर किशोरी सञ्जालको आयोजना तथा एबिसि नेपाल ,स्ट्रोम फाउन्डेसनको आर्थिक सहयोगमा कोरोना भाईरसबाट बच्न र शारीरिक समस्या समाधान गर्नको लागि योग अभ्यास कार्यक्रम सरु भएको हो ।

सञ्जालका अध्यक्ष महेश यादवको अध्यक्षतामा नयाँ भेरियन्ट सहितको कोरोना बाट बच्न र शारीरिक समस्या समाधान गर्नको लागि योग अभ्यास कार्यक्रम सुरु गरिएको हो। कार्यक्रममा बोल्दै सञ्जालका अध्यक्ष यादवले दोस्रो चरणको नयाँ भेरियन्ट सहितको कोरोना भाईरसले गर्दा संक्रमित हुनेको संख्या संगै मृत्यु दर पनि बढ्दै गएको छ ।

कोरोना भाईरस को संक्रमणबाट आफु पनि बच्न र समुदायमा भएको अन्य ब्यक्तिहरुलाई पनि बचाउनको लागि योग अभ्यास कार्यक्रम सुरु गरिएको हो । सञ्जालमा रहेको किशोर किशोरीहरुको सकृय सहभागीता र एबिसि नेपालको सहयोगमा विभिन्न स्वास्थ्य सामाग्री प्रयोग गरि र स्वास्थ्य मापदण्डको पालना गर्दै सामाजिक दुरि कायम गरि हरेक टोल टोलमा कोरोना बाट बच्न र शारीरिक समस्या समाधान गर्न र गराउनको लागि योग अभ्यास कार्यक्रम सुरु गरिएको हो ।

समुदायमा कोरोनाको संक्रमणबाट किशोर किशोरी तथा तिनका अभिभावकहरुलाई माक्स लगाउन , सेनिटाईजर प्रयोग गर्न , समाजिक दुरि कायम गर्न र स्वास्थ्य मापदण्ड पालना गर्न सिकाउनु का साथै स्वास्थ्य समाग्री समेत दिदै गरेको बताउनु भएको हो ।

नयाँ भेरियन्ट सहितको कोरोना भाईरसको संक्रमणबाट आफु बच्न र अरुलाई बचाउन उदेश्यले संचालन गरिको योग अभ्यास कार्यक्रममा एविसि नेपालका सुपरभाइजर राजमन बरई , भोलेन्टियर जानकि गौड सगै सञ्जालका किशोर किशोरीहरुको ठुलो योगदान रहेको अध्यक्ष यादवले बताए ।