२०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

तेक्वान्दो जुनियर ग्रेडिङ सम्पन्न

शनिवार , जेठ ३०, २०८३

  • 589
    Shares
  • 589
    Shares
  • भैरहवा, ३० जेठ । रुपन्देही लीलाराम न्यौपाने तेक्वान्दो डोजाङको आयोजनामा जुनियर ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सेतो पेटीदेखि रातो पेटीसम्मका ३६ जना खेलाडीको सहभागीता थियो । ग्रेडिङमार्फत खेलाडीहरूको आधारभूत सीप, अनुशासन, शारीरिक क्षमता तथा प्राविधिक दक्षताको मूल्यांकन गरिएको थियो ।

    डोजाङका प्रशिक्षक दीपक न्यौपानेको नेतृत्व तथा सह–प्रशिक्षक राहुल चौहानको सहजीकरणमा सम्पन्न कार्यक्रममा सहभागी खेलाडीहरूले विभिन्न तेक्वान्दो प्रविधि, पुम्से, किक तथा आत्मरक्षा सम्बन्धी सीप प्रदर्शन गरेका थिए ।

    प्रशिक्षक दीपक न्यौपानेले नियमित अभ्यास, अनुशासन र निरन्तर मेहनतले खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ग्रेडिङले खेलाडीहरूलाई थप आत्मविश्वास र उच्च तहको प्रशिक्षणतर्फ प्रेरित गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा खेलाडी, विद्यार्थी, अभिभावक तथा खेलप्रेमीहरूको उपस्थिति थियो ।