सोमवार , आषाढ १, २०८३
भैरहवा, १ असार । रुपन्देहीको भैरहवाका पत्रकार अरुण ज्ञवाली (अरुणराज शर्मा) को निधन भएको छ । आइतबार बिहान भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा ज्ञवालीको निधन भएको हो ।
जेठ २७ गते एक्कासी बिरामी परेपछि उहाँलाई युसीएमएसमा लगिएको थियो । उपचारकै क्रममा आइतबार बिहान उहाँको ५४ वर्षको उमेरमा निधन भएको हो ।
सिद्धार्थनगर नगरपालिका–३ निवासी ज्ञवालीले भैरहवामा रहेर विगत साढे २ दशकदेखि पत्रकारिता गर्दै आउनुभएको थियो । उहाँले लामो समय स्थानीयदेखि राष्ट्रिय सञ्चारमाध्यम (मिडिया) मा आबद्ध भइ काम गर्नुभएको थियो । ज्ञवाली शालीन, खोज पत्रकारितामा रुची राख्ने र लेखनशैलीमा पोख्त हुनुहुन्थ्यो ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीका तालिम समिति संयोजक ज्ञवालीको निधनले क्लबले इमान्दार र अग्रज पत्रकार गुमाएको अध्यक्ष कमल रायमाझीले बताउनुभयो । उहाँको निधनले रुपन्देहीसहित नेपाली पत्रकारितामा अपूरणीय क्षति पुगेको अध्यक्ष रायमाझीले बताउनुभयो । ज्ञवालीको पार्थीव शरीर आइतबार देवघाटमा अन्त्येष्टि गरिएको छ ।
स्वर्गीय ज्ञवालीका श्रीमती, एक छोरा र छोरी छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij