२०८३, आश्विन १९ गते

Oct 05 2026 | २०८३, आश्विन १९ गते

मेलबर्नको रंगशालामा उर्लिए अस्ट्रेलियाली फुटबल प्रशंसक

सोमवार , आषाढ १, २०८३

  • 859
    Shares
  • 859
    Shares
  • काठमाडौँ, १ आषाढ । सन् २०२६ को फिफा विश्वकप अन्तर्गत समूह डी को आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले टर्कीको सामना गरिरहँदा उक्त खेलको प्रत्यक्ष प्रसारण हेर्न आइतबार मेलबर्नस्थित एएएमआई पार्कमा अस्ट्रेलियाली फुटबल प्रशंसकहरूको ठूलो घुइँचो लागेको थियो ।

    खेलमा नेस्टोरी इरानकुन्डा र कोनोर मेटकाफले उत्कृष्ट गोल गरेपछि अस्ट्रेलियाले टर्कीलाई २–० ले पराजित ग¥यो। सन् २००२ मा तेस्रो स्थान हासिल गरेपछि पहिलो पटक विश्वकपमा पुनरागमन गरेको टर्कीले खेल अवधिभर गोलका लागि ३० पटक प्रहार गरेको थियो, जबकि सकरुज (अस्ट्रेलियाली टोली) ले मात्र ९ पटक प्रहार ग¥यो ।

    यद्यपि, अस्ट्रेलियाको दृढ रक्षापङ्क्तिका कारण टर्कीले गोलको खाता खोल्न सकेन। खेलको उत्साहबारे बोल्दै एक अस्ट्रेलियाली फुटबल प्रशंसकले भने, “यो साँच्चै नै अद्भुत छ, यहाँ करिब ५०,००० मानिसहरू जम्मा भएका छन् । घरमा बसेर हेर्नुभन्दा रंगशालामा सामूहिक रूपमा खेल हेर्नु कयौँ गुणा राम्रो हो । यो मेरो अपेक्षाभन्दा निकै उत्कृष्ट रह्यो ।

    मैले खेल बराबरीमा टुङ्गिने वा टर्कीले जित्ने अनुमान गरेको थिएँ । तर टर्कीको तीव्र आक्रमण र दबाबका बाबजुद हाम्रा खेलाडीहरूले खेललाई निकै राम्ररी सम्हाले र पाएको अवसरको सही सदुपयोग गरे । अघि बढ सकरुज ।”