
बिहिवार , बैशाख ३०, २०७८
बुटवल, ३० वैशाख ।
रुपन्देहीमा रहेको नवज्योति युवा जागारण समुह संस्थाले कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ का १६ वटा गाउँका ७ सय घरधुरीलाई माक्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको छ । गाउँपालिकामा रहेका स्थानीयको माग र आग्रहमा सिंगो गाउँको घरघर गएर उक्त स्वास्थ्य सामाग्री प्रदान गरिएको संस्थाका अध्यक्ष जगन्नाथ बस्यालले जानकारी दिए ।
कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष नरेश अहिर, गाउँपालिकाका समाजेवी शुसिल राज पाण्डे, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका उपाध्यक्ष भिष्म के.सी.,लबनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बमदेव पौडेल, लुम्बिनी प्रादेशिक अस्पतालका माया घिमिरे, वडा नम्बर ४ का वडा सदस्य धर्म राज अहिर, राज कुमार चाई, चैनमती भुज, उषा थोबी, वडा सचिव राजेश कुमार कुर्मी लगायतको सहभागितामा गाउँमाका स्थानीयलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।
शुद्धोधन गाउँपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा वितरण गरिएको स्वास्थ्य सामाग्रीबाट खास गरी कोभिड–१९ रोकथाममा विशेष भुमिका खेल्ने अपेक्षा लिएको वडा नम्बर ४ का अध्यक्ष नरेश अहिरले जानकारी दिए ।
सामाग्री वितरण अभियानमा गाउँपालिकामा रहेको स्वाथ्य चौकी, स्वास्थ्य स्वयंसेविकाहरुको सहयोग रहेको थियो । संस्थाले घर परिवारको आवश्यकता अनुसार स्वास्थ्य सामग्री वितरण गरेको हो । त्यस्तै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाई ५/५ लिटर सेनिटाइजर, माक्ससहित वडा कार्यालयमा पनि ५ लिटर सेनिटाइजर र प्रहरी चौकी लबनीको लागि पनि ५/५ लिटर सेनिटाइजर, माक्स, लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको संस्थाका कोषाध्यक्ष अनिता ज्ञवालीले जानकारी दिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij