२०८३, आषाढ २ गते

Jun 16 2026 | २०८३, आषाढ २ गते

काशीमा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण

मंगलवार , आषाढ २, २०८३

  • 265
    Shares
  • 265
    Shares
  • भैरहवा, २ असार । काशी नोबल एकेडेमी, सिद्धार्थनगरले कक्षा ११ का विद्यार्थीहरुका  लागि सोमबार अभिमुखीकरण कार्यक्रम गरेको छ । कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण गरिएको हो । 

    विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ११ का ६० जना विद्यार्थी सहभागी थिए । सहभागी विद्यार्थीलाई विद्यालयका नियम, विधिका बारेमा पनि सचेतना गराइएको थियो । 

    कार्यक्रममा सहायक प्राचार्य श्री रायमाझी, हरि प्रसाद आचार्य, दीपक काफ्ले, कौशलराज गौतम, कोरियन भाषा शिक्षक सुर्य गुरुङ लगायतले बोल्नुभएको थियो । कार्यक्रममा कक्षा ११ का विद्यार्थीलाई नयाँ पाठ्यक्रम र सिकाइका बारेमा पनि जानकारी गराइएको थियो ।  

    कार्यक्रममा निर्मल हुमागाई, सुरज घिमिरे, डिलाराम पाण्डे, तेज प्रसाद पन्थ, उदयभान पाण्डे, सुभना पाण्डेलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन विपिन शाहले गर्नुभएको थियो । काशी नोबल एकेडेमीमा नेपालमै पहिलोपटक यो वर्षदेखि कक्षा ११ मा कोरियन भाषामा अध्यापन सुरु भएको छ ।