
बुधवार , भाद्र ३, २०७७
अर्घाखाँची ३ साउन। अर्घाखाँचीमा आज देखि शुरु गरिएको लकडाउन कडा पारिएको छ । एक हप्ता सम्मका लागि गरिएको लकडाउनका कारण नागरिकको आवागमनमा कडाई गरिएको छ ।
जिल्लामा कोरोना भाईरसका संक्रमित बढेपछि लकडाउन गरिएको जिल्ला प्रशाशन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको संयोजनमा भएको सर्बपक्षिय बैठकले बुधबार देखि १ हप्ता लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।
जिल्लामा रहेका कुल ३ सय ३० जना संक्रमित मध्ये ३ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । निको भएर घर फर्कनेको संख्या ३ सय २४ रहेको छ ।
जिल्लामा हाल ३ जना कोरोना संक्रमित रहेका छन् । संक्रमित हुनेमा भुमिकास्थान नगरपालिकाका दुई पुरुष र शितगंगा नगरपालिकाका १ पुरुष रहेका छन् । उनिहरु हाल स्थानीयतहले निर्माण गरेको क्वारेन्टाइनमा बसेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिए । जिल्ला बाहिर तथा भारतबाट आएका १ सय ६१ जना विभिन्न क्वारेन्टाइनमा बसेका छन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij