२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

अर्घाखाँची अस्पताललाई १८ अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामग्री प्रदान

बिहिवार , बैशाख ३०, २०७८

अर्घाखाँची ३० बैशाख। ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले गृह जिल्ला अर्घाखाँचीमा स्वास्थ्य सामग्री पठाएका छन्। 

मन्त्री रायमाझी पठाएको १८ थान अक्सिजन सिलिन्डर, ५ थान अक्सिजन कन्सनट्रेटर, १८ सय थान कोभिड परिक्षणमा प्रयोग हुने भीटीएम, ४ सय थान एटिन्जेन किट जिल्ला अस्पतालका प्रमुख कपिल गौतमलाई हस्तान्तरण गरिएको हो।

यस्तै, २७ सय थान सर्जिकल माक्स, १५ लिटर सेनिटाइजर, ७ थान अक्सिमिटर, २० थान डिजिटल थर्ममिटर र १ सय ९० थान पीपीई पनि अस्पताललाई प्रदान गरिएको अस्पतालका प्रमुख गौतमले जानकारी दिए।