२०८३, आषाढ ७ गते

Jun 21 2026 | २०८३, आषाढ ७ गते

एनसीसी एजुकेशन अन्तर्गतका विद्यालयहरूबीच ‘डिजी लर्नर क्लासवाइज आईटी कम्पिटिसन’ सम्पन्न

आइतवार , आषाढ ७, २०८३

  • 382
    Shares
  • 382
    Shares
  • बुटवल, ७ असार । एनसीसी एजुकेशन अन्तर्गत सञ्चालित लुम्बिनी प्रदेशका् रुपन्देही र नवलपरासीका विद्यालयहरूबीचको प्रदेशस्तरको सूचना प्रविधि प्रतिष्पर्धा ‘डिजी लर्नर क्लासवाइज आईटी कम्पिटिसन २०८३ सम्पन्न भएको छ । अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त ब्रिटिश शैक्षिक योग्यताहरू प्रदान गर्दै आएको एनसीसी एजुकेशनको पाठ्यक्रममा आधारित रही डिजीस्कूल लुम्बिनी प्रदेश र स्मार्ट आईटी सोलुसनको संयुक्त सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।

    गत जेठ ३१ गते नवलपरासीमा सम्पन्न भएको प्रतियोगिता शुक्रबार रुपन्देहीको सैनामैनामा कञ्चन गाउँपालिका र सैनामैना नगरपालिका भित्रका विद्यार्थीहरुबीचको प्रतिष्पर्धात्मक कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूमा डिजिटल सीप, तार्किक सोच, सृजनशीलता तथा २१औँ शताब्दीका आवश्यक दक्षतातर्फ उन्मुख गराउने उद्देश्यका साथ रामपुर रिभाइभल इङ्लिस बोर्डिङ स्कूलमा कार्यक्रम सम्पन्न भएको हो ।

    एनसीसी एजुकेशनको पाठ्यक्रम सञ्चालन गरिरहेका विद्यालयका कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरू मात्र सहभागी यस प्रतियोगिताले विद्यालयस्तरमै अन्तर्राष्ट्रिय गुणस्तरको डिजिटल शिक्षालाई व्यवहारिक रूपमा प्रयोग गर्ने उत्कृष्ट अवसर प्रदान गरेको डिजी स्कूल लुम्बिनी प्रदेशका शैक्षिक सहजकर्ता अनिष कंडेलले जानकारी दिनुभयो । 

    उहाँका अनुसार रामापुरको प्रतियोगितामा विभिन्न चारवटा विधामा प्रतिष्पर्धा गराइएको थियो । कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरुलाई कोल्याब आर्ट च्याले१ज प्रतियोगिता राखिएकोमा बुद्ध दीप इङ्लिस बोर्डिङ्ग स्कूलकी युजिना बस्नेत र सञ्जना नेपाली प्रथम, सुनगाभा पब्लिक सेकेण्डरी स्कूलका जिनेश गौतम र कुशल पुन द्वितीय, प्याराडाइज इङ्लिस बोर्डिङ्ग स्कूलका आस्था राना र सुप्रिया घर्ती मगर तृतीय भएका छन् । 

    त्यस्तै कक्षा ६ का विद्यार्थीहरुका लागि स्क्राच एनिमेसन च्यालेन्ज प्रतियोगित अन्तरगत सुनगाभा पब्लिक स्कूलका कृष्ण पराजुली प्रथम, रामपुर रिभाइभल इङ्लिस बोर्डिङ्ग स्कूलका कृतव न्यौपाने र प्याराडाइज इङ्लिस  बोर्डिङ्ग स्कूलका रिदम भट्टराई तृतीय भएका छन् । 

    कक्षा ७ का विद्यार्थीहरुका लागि आयोजना गरिएको फ्लोर चार्ट मास्टर च्यालेन्ज प्रतियोगितामा प्रभात इङ्लिस बोर्डिङ्ग स्कूलकी अनुष्का शर्मा प्रथम भएकी छन् । त्यस्तै रामपुर रिभाइभल इङ्लिस बोर्डिङ्ग स्कूलकी दिपिशा खनाल द्धितीय भएकी छन् भने बुद्ध दीप इन्ङ्गलिस बोर्डिङ्ग स्कूलका यदु अधिकारी तृतीय भएको आयोजकले जनाएका छन् । 

    कक्षा ८ का विद्यार्थीहरुका लागि आयोजना गरिएको बुुलियन लजिक कम्पिटिसनमा बुद्ध दीप इङ्लिस बोर्डिङ्ग स्कूलका धिराज दरलामी र चिरञ्जीवी शर्मा प्रथम र द्धितीय भएका छन् भने बुद्ध दीपकै तिया थापा तृतीय भएकी छन् । विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागीता रहेको उक्त प्रतियोगितामा निर्णायक मण्डलले विद्यार्थीहरूको सृजनशीलता, तार्किक क्षमता, प्रस्तुतीकरण सीप, समस्या समाधान क्षमता तथा डिजिटल उपकरणहरूको प्रभावकारी प्रयोगका आधारमा विजेताहरू छनोट गरेको थियो ।

    डिजी स्कूल लुम्बिनी प्रदेशले एनसीसी एजुकेशन अन्तर्गतका विद्यालयहरूमा डिजिटल शिक्षाको गुणस्तर अभिवृद्धि, प्रविधिमैत्री सिकाइ वातावरण निर्माण तथा विद्यार्थीहरूलाई भविष्यका डिजिटल नेतृत्वकर्ताको रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

    विद्यार्थीहरूमा सैद्वान्तिक ज्ञानभन्दा माथि उठेर व्यवहारिक र सिर्जनशील डिजिटल नेतृत्व विकास गर्न नै कार्यक्रमलाई निरन्तरता दिदै आएको डिजीस्कूल लुम्बिनी प्रदेशका शैक्षिक सहजकर्ता अंकित गुरुङ्गले बताउनुभयो । यस प्रतियोगिताले डिजिटल शिक्षाको प्रभावकारी अभ्याससँगै विद्यार्थीहरूलाई भविष्यका सक्षम, सिर्जनशील र प्रविधिमैत्री नागरिक बन्न थप प्रेरणा प्रदान गरेको विश्वास गरिएको छ । 

    आगामी प्रतियोगिता असार ९ गते कपिलवस्तु र असार १२ गते शुद्धोदन क्षेत्रका विद्यालय, विद्यार्थीलक्षित प्रतियोगितको आयोजना गर्ने तयारी गरिएको छ । त्यस्तै असार १२ गते बुटवल, तिलोत्तमा र भैरहवा क्षेत्रका विद्यालय र विद्यार्थीहरुलाई लक्षित गरी प्रतियोगिता ‘डिजी लर्नर क्लासवाइज आईटी कम्पिटिसन २०८३’ आयोेजना गर्न लागिएको हो ।