
बिहिवार , बैशाख ३०, २०७८
बुटवल, ३० वैशाख ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देहीलाई आर्थिक तथा स्वास्थ्य सामग्री सहयोग प्रदान गरेको छ । कोरोना भाइरसबाट पत्रकार समेत संक्रमित भएपछि महासंघ रुपन्देहीले स्थापना गरेको ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’मा बुटवल उद्योग वाणिज्य संघले २५ हजार १ सय १ रुपैयाँ नगद तथा २६ हजार १ सय २५ रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षा सामग्रीसहित ५२ हजार २२६ रुपैयाँ प्रदान गरेको हो ।
उक्त सहयोग बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेललाई हस्तान्तरण गरे । सो अवसरमा बोल्दै संघका अध्यक्ष कसजूले कोरोना भाइरस महामारीका बीच पनि फ्रन्टलाइनमा खटिने पत्रकारलाई संघले सक्दो सहयोग गरिएको बताए ।
त्यसै गरी पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष पोख्रेलले उद्योग वाणिज्य संघले गरेको सहयोगप्रति आभारसहित धन्यवाद व्यक्त गर्दैै आगामी दिनमा पनि संघ र महासंघबीच निरन्तर सहयोग आदानप्रदान रहने विश्वास व्यक्त गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij