२०८३, आषाढ ११ गते

Jun 25 2026 | २०८३, आषाढ ११ गते

भैरहवामा ‘सिंगल विकेट टुर्नामेन्ट’ हुँदै

बिहिवार , आषाढ ११, २०८३

  • 505
    Shares
  • 505
    Shares
  • भैरहवा, ११ असार । पीएम स्पोट्र्स र मर्निङ क्रिकेट क्लबको आयोजनामा रुपन्देहीको भैरहवामा सिंगल विकेट टुर्नामेन्ट (एकदिवसीय क्रिकेट प्रतियोगिता) हुने भएको छ । यही असार १३ गते शनिबार सिद्धार्थनगर नगरपालिका–४ स्थित सुगरमिल खेल मैदान उक्त प्रतियोगिता हुने भएको हो ।

    प्रतियोगितामा सहभागीता शुल्कवापत ५ सय रुपैयाँ तोकिएको छ । आयोजकका अनुसार असार १२ गते शुक्रबारसम्म नाम दर्ता गराउन सकिनेछ । यो प्रतियोगितामा ३२ जना खेलाडी मात्र सहभागी हुन पाउने दामोदर शर्माले जानकारी दिनुभयो ।

    प्रतियोगिताको विजेतालाई १० हजार रुपैयाँसहित ट्रफी र उपविजेतलाई ४ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएका छन् । आयोजकका अनुसार यस्तो प्रतियोगिता रुपन्देहीमा पहिलोपटक सञ्चालन हुँदैछ ।

    WhatsApp Image 2026-06-25 at 8.47.42 AM.jpeg

    थप जानकारीका लागि मोबाइल नम्बर ९८११४१८६८४, ९८२४४३८२८२ र ९८५७०१२१२१ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएका छन् ।