२०८३, भाद्र १२ गते

Aug 28 2026 | २०८३, भाद्र १२ गते

निर्जला एकादशीको अवसरमा पानी तथा जुस वितरण

शुक्रवार , आषाढ १२, २०८३

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, १२ असार । निर्जला एकादशीको अवसरमा मारवाडी युवा मञ्च, भैरहवाले बिहीवार पानी तथा जुस वितरण कार्यक्रम सम्पन्न गरेको छ।

    मञ्चले पवन मिष्ठान्न भण्डार अगाडि भएको  कार्यक्रममा सर्वसाधारण, यात्रु तथा श्रद्धालुहरूलाई निःशुल्क रूपमा पानी तथा जुस वितरण गरिएको कार्यक्रम संयोजक अर्चित बेरिवालले बताउनुभयो ।

    कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका-५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले मारवाडी युवा मञ्चले राम्रो काम गरेको बताउनुभयो ।
    कार्यक्रममा मारवाडी युवा मञ्च, भैरहवाका अध्यक्ष रोहित अग्रवाल, राष्ट्रिय मारवाडी युवा संगठनका राष्ट्रिय अध्यक्ष मनोज अग्रवाल, मञ्चका पदाधिकारी, सदस्यलगायतको उपस्थिति रहेको थियो।

    मारवाडी युवा मञ्च, भैरहवाका महासचिव मोहित सेठियाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा १ हजार १५ सय जना यात्रु तथा सर्वसाधारणलाई जुस वितरण गरिएको आयोजकले जनाएको छ ।

    निर्जला एकादशीको धार्मिक तथा सामाजिक महत्वलाई आत्मसात् गर्दै गर्मी मौसममा यात्रु तथा सर्वसाधारणलाई शीतल पेय पदार्थ उपलब्ध गराउने उद्देश्यले कार्यक्रम गरिएको मञ्चले जनाएको छ ।

    1000085049.jpg