२०८३, आषाढ १५ गते

Jun 29 2026 | २०८३, आषाढ १५ गते

भैरहवा नमुना माविमा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

सोमवार , आषाढ १५, २०८३

  • 586
    Shares
  • 586
    Shares
  • भैरहवा, १५ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ स्थित श्री भैरहवा नमुना माध्यमिक विद्यालय कक्षा १२ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको छ । विद्यालयमा आयोजित शुभकामना तथा बधाई कार्यक्रममा २०८३ सालको कक्षा १२ मा उत्तीर्ण ५५ जना विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

    कार्यक्रममा अतिथिहरुले उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै उनीहरुको उज्जवल भविष्यको शुभकामना व्यक्त गरेका थिए ।

    WhatsApp Image 2026-06-29 at 12.13.58 PM.jpeg

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेश कुमार गुप्ताको अध्यक्षता, सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता, भैरहवा नमुना क्याम्पसका अध्यक्ष आनन्द प्रसाद गुप्ताको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    विद्यालयका शिक्षक जगत बहादुर रायमाझीको स्वागत तथा शिक्षिका सरस्वती खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका सल्लाहकार भरतसिंह बिजुक्छे, भूतपूर्व विद्यार्थी संघका अध्यक्ष जीतमान गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।

    WhatsApp Image 2026-06-29 at 12.14.10 PM.jpeg

    त्यस्तै भैरहवा नमुना क्याम्पसमा स्नातक तह अन्तर्गत व्यवस्थापन संकाय (बी.बी.एस.) मा भर्ना हुने विद्यार्थीहरुलाई भर्ना शुल्कमा ७५ प्रतिशत छुटको व्यवस्था रहेको क्याम्पसले जनाएको छ ।