मंगलवार , आषाढ १६, २०८३
भैरहवा, १६ असार । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर २ स्थित श्री भिलरहवा माध्यमिक विद्यालयमा कार्यरत लेखापाल राजेश कुमार यादवलाई सेवाबाट हटाइएको छ ।
आचारसंहिताविपरीत कामकारवाही गरेको, विद्यालय व्यवस्थापन समितिको निर्देशनलाई पालना नगरेको, पटकपटक मौखिक तथा लिखितरुपमा सचेत गराउँदा पनि व्यवहारमा सुधार र सन्तोषजनक नदेखिएकोले लेखापाल यादवलाई सेवाबाट हटाउने निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विनोद थारुले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिको २०८३ असार १२ गतेको निर्णय अनुसार शिक्षा नियमावली २०५९ को परिच्छेद २३ को नियम १३५ (घ) बमोजिम सेवाबाट हटाइएको अध्यक्ष थारुले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij