शुक्रवार , आषाढ १९, २०८३
भैरहवा, १९ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले अपांगता भएका व्यक्तिहरुलाई पौष्टिक आहार वितरण सुरु गरेको छ । पूर्ण अशक्त अपांगता भएका व्यक्तिहरुका (क वर्ग) लागि पौष्टिक आहार वितरण तथा घरदैलो कार्यक्रम सुरु गरिएको हो ।
बिहीबार वडा नम्बर १२ बाट कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रम अन्तर्गत ८७ जनालाई पौष्टिक आहार वितरण गरिने नगर उपप्रमुख उमा अधिकारीले जानकारी दिनुभयो । वडा कार्यालय तथा घरदैलोमा पुगेर कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो । अपांगता भएका व्यक्तिहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै पौष्टिक आहार (मिक्स पिठो, मुंगको दाल, अण्डा) लगायतका सामग्री वितरण गरिएको उहाँको भनाइ छ ।
‘नगरपालिकामा अपांगता भएका व्यक्तिहरुको लागि कार्य गर्ने समिति छ, उक्त समितिको निर्णय अनुसार यो कार्यक्रम गरिएको हो, ’उपप्रमुख अधिकारीले भन्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij