२०८३, भाद्र ११ गते

Aug 27 2026 | २०८३, भाद्र ११ गते

ओमसतिया–२ मा निःशुल्क आँखा शिविर

शनिवार , आषाढ २०, २०८३

  • 643
    Shares
  • 643
    Shares
  • भैरहवा, २० असार । रुपन्देहीको ओमसतिया गाउँपालिकाको वडा नम्बर २ स्थित पडसरीस्थित रामजानकी मन्दिरमा निःशुल्क आँखा चेकजाँच स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।

    ओमसतिया गाउँपालिकाको २ नम्बर वडा कार्यालयको आयोजना तथा लुम्बिनी नेत्रालय प्रा.लि.को प्राविधिक सहयोग सम्पन्न शिविरमा २०३ जना वडाबासीहरु लाभान्वित भएको वडाअध्यक्ष सितल जि.टी.ले जानकारी दिनुभयो ।
    वडाअध्यक्ष जि.टी.ले स्वास्थ्य सेवा गाउँघरमै उपलब्ध गराउँदा नागरिकले सहज रुपमा लाभ लिन सक्ने भएकाले जनस्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले कार्यक्रमले समयमै आँखासम्बन्धी समस्याको पहिचान, उपचार तथा जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    शिविरमा सहभागीहरुको निःशुल्क आँखा परीक्षण गर्नुका साथै निःशुल्क औषधि र आवश्यक परामर्श प्रदान गरिएको थियो ।

    लुम्बिनी नेत्रालयका बाह्य कार्यक्रम संयोजक नवराज वलीका अनुसार परीक्षणमा ३४ जनामा मोतियाबिन्दु, ४ जनामा आँखामा मासु पलाएको, ३ जनामा आँखाको नानीमा घाउ, ८ जनामा एलर्जी, २ जनामा आनो उठेको, ३० जनामा नजिकको र १५ जनामा टाढाको दुरी समस्या पहिचान भएको छ ।

    शिविरमा आँखा परीक्षणका क्रममा शल्यक्रिया (अपरेशन) आवश्यक रहेको पहिचान भएका बिरामीलाई लुम्बिनी नेत्रालयमा ५० प्रतिशत छुटसहित शल्यक्रिया सेवा उपलब्ध गराउने व्यवस्था समेत गरिएको वडाअध्यक्ष जि.टी.ले बताउनुभयो । यसबाट आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन सक्ने वडाबासीले सहुलियतपूर्ण सेवा पाउने र उपचार खर्चको भारसमेत उल्लेखनीय रुपमा कम हुने विश्वास लिइएको उहाँको भनाइ छ ।

    lllllllllll.JPG

    वडा कार्यालयले शिविर सफल बनाउन सहयोग गर्ने लुम्बिनी नेत्रालय, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा कार्यक्रममा सहभागी सम्पूर्ण वडाबासीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि नागरिकको आवश्यकताअनुसार यस्ता स्वास्थ्य सेवा केन्द्रित कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।