
शुक्रवार , बैशाख ३१, २०७८
अर्घाखाँची, ३१ वैशाख ।
अर्घाखाँचीमा जेठ १० गतेसम्मका लागि निषेधाज्ञा बढाउने निर्णय भएको छ । आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना रोकथामको लागि वैशाख २० गतदेखि जारी भएको निषेधाज्ञालाई समय थप गरी जेठ १० सम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
बैठकले आदेशको उल्लंघन गर्ने, अवरोध गर्ने, कालोबजारी गर्ने, अत्यावश्यक वस्तुमा जथाभावी मुल्यवृद्धि गर्ने, कृत्रिम अभावसृजना गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए ।
यो अवधिमा अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामाग्रीका पसलहरु बिहान ६ देखि ९ बजेसम्म संचालन हुनेछन । त्यस्तै बैंक तथा वित्तीय संस्था न्युनतम कर्मचारीबाट खुल्ने प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफुल, दुध, पानी, औषधि बोक्ने मालवाहक गाडी र एम्बुलेन्सबाहेक सबै सवारीसाधन बन्द हुनेछन । अस्पताल, औषधि पसल भने २४ सै घण्टा खुला रहनेछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij