
शुक्रवार , बैशाख ३१, २०७८
भैरहवा, ३१ वैशाख ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी र जिल्लामा रहेका अक्सिजन उद्योगीहरुसंग टेलिफोन गरी अक्सिजन उद्योगको अवस्थाका र उत्पादनका बारेमा जानकारी लिएका छन् ।
पूर्वमन्त्री समेत रहेका खांणले शुक्रबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसंग कुरा गर्दै जिल्लामा भारतबाट आउने लिक्विड अक्सिजनलाई सहजीकरण गर्दै अक्सिजन उत्पादन र वितरणमा प्राथमिकताका साथ लाग्न गर्न आग्रह गरेका छन् ।
उनले रुपन्देहीमा रहेका शंकर अक्सिजन ग्यास प्रा.लि. छिपागढ, लुम्बिनी अक्सिजन ग्यास इण्डष्ट्रिज पडसरी र लुम्बिनी अक्सिजन ग्यास प्रा.लि. तिलोत्तमाका संचालकहरूसंग कुरा गर्दै यो विषम परिस्थितिमा अक्सिजन उत्पादन र वितरणमा संचालकहरूले गर्नुभएको योगदानको प्रशंसा गरे । नेता खांणले उत्पादन र वितरणमा आइपरेका समस्याहरु समाधान गर्ने आफ्नो क्षेत्रबाट आवश्यक सहयोग रहने आश्वासन दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij