२०८३, आषाढ २३ गते

Jul 07 2026 | २०८३, आषाढ २३ गते

रुस–युक्रेन द्वन्द्व अन्त्य जनअपेक्षाभन्दा नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

मंगलवार , आषाढ २३, २०८३

  • 184
    Shares
  • 184
    Shares
  • काठमाडौँ, २३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत पाँच वर्षदेखि जारी रुस–युक्रेन द्वन्द्व अन्त्यको समय मानिसहरूले सोचेभन्दा धेरै नजिक रहेको दाबी गर्नुभएको छ ।

    सोमवार सञ्चारकर्मीहरूसँग बोल्दै राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनले द्वन्द्व समाधानका लागि रुस र युक्रेन दुवै पक्षसँग निरन्तर संवाद गरिरहेको जानकारी दिनुभयो ।

    यो विषय आगामी नाटो शिखर सम्मेलनको मुख्य कार्यसूचीमा समेत रहेको उहाँले उल्लेख गर्नुभयो ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की दुवै द्वन्द्व अन्त्य गर्न इच्छुक रहेको ट्रम्पको भनाइ छ । उहाँले भन्नुभयो, ‘राष्ट्रपति पुटिन र राष्ट्रपति जेलेन्स्की दुवै यस युद्धको अन्त्य चाहन्छन् । हामी वार्ताको प्रक्रियामा छौँ र हामी यसलाई निष्कर्षमा पु¥याउन सक्छौँ कि सक्दैनौँ भन्ने हेर्नेछौँ ।’

    उहाँले थप्नुभयो, ‘मलाई लाग्छ हामी समाधानको निकै नजिक पुगेका छौँ । हामी नाटो सम्मेलनमा जाँदैछौँ र त्यहाँ यसबारे थप छलफल हुनेछ । मलाई विश्वास छ कि हामी यो द्वन्द्व अन्त्य गर्न सफल हुनेछौँ ।’

    टर्कीको अंकारामा मंगलवार र बुधवार आयोजना हुने नाटो शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति ट्रम्प सोमवार साँझ त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।