images

सोमवार, बैशाख १७ गते २०८१

विराटनगरबाट रुपन्देहीमा ल्याइयो १२० वटा अक्सिजन सिलिण्डर 

विराटनगरबाट रुपन्देहीमा ल्याइयो १२० वटा अक्सिजन सिलिण्डर 

images
images
images
शनिवार, जेठ १ २०७८
शनिवार, जेठ १ २०७८
  • विराटनगरबाट रुपन्देहीमा ल्याइयो १२० वटा अक्सिजन सिलिण्डर 

    भैरहवा, १ जेठ । 
    नेपाली सेनाको जहाजबाट १ सय २० अक्सिजन सिलिण्डर शनिबार रुपन्देही आइपुगेको छ । विराटनगरबाट अत्यावश्यक रुपमा कोरोना संक्रमित बिरामीको ज्यान बचाउने उद्देश्यका साथ आएका ६० अक्सिजन सिलिण्डरहरू बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा जाने बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए । उनले पहिलो चरणमा बुटवल धागो कारखानामा जाने र थप आउने ६० सिलिण्डर लुम्बिनी प्रादेशिक प्रादेशिक अस्पताल र भीम अस्पतालमा जाने बताए ।

    images

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले नागरिकको जिउधनको क्षति नहोस् भनेर राज्यले आफ्नो दायित्व पुरा गरेको बताए । आवश्यक मात्रामा रिफिल गरिएका सिलिण्डरहरू जहाजबाट २ पटक रुपन्देहीमा १ सय २० वटा अक्सिजन सिलिण्डर आउने र खाली सिलिण्डर पठाउने प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij