images

सोमवार, बैशाख १७ गते २०८१

लायन्स सिद्धार्थनगर गौतमबुद्धद्वारा भीम अस्पताललाई सहयोग

लायन्स सिद्धार्थनगर गौतमबुद्धद्वारा भीम अस्पताललाई सहयोग

images
images
images
आइतवार, जेठ २ २०७८
आइतवार, जेठ २ २०७८
  • लायन्स सिद्धार्थनगर गौतमबुद्धद्वारा भीम अस्पताललाई सहयोग

    भैरहवा, २ जेठ । 
    लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले भैरहवास्थित भीम अस्पताललाई आर्थिक रकम सहयोग गरेको छ । क्लबले अक्सिजन रिफिलका लागि रकम हस्तान्तरण गरेको जनाएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल क्लबले कोरोना संक्रमित बिरामीको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्सिजन रिफिलको ३२ हजार ५ सय रुपैयाँको चेक हस्तान्तरण गरिएको क्लबका संस्थापक अध्यक्ष तथा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपाल एरिया–४ का कोषाध्यक्ष गौतम कुमार गुप्ताले बताए । क्लबका वर्ष २०२०÷२१ का अध्यक्ष अरुण कुमार मिश्राले आइतबार भीम अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्तालाई चेक हस्तान्तरण गरेका हुन् ।

    images

    सो अवसरमा बोल्दै नवनियुक्त अध्यक्ष भण्डारीले कोभिड–१९ को बिरामीको उपचारको लागि ५० वटा सिलिण्डरको लागि सहयोग गर्ने लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धलाई धन्यवाद ज्ञापन गरे । उनले क्लब जस्तै अन्य संघ–संस्था तथा उद्योगी व्यवसायीको सहयोगमा ५ सय सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट निर्माण गर्ने योजना अघि सारिएको बताए । उनले यो योजना सफल भएको अवस्थामा अस्पतालमा आउने विरामी अक्सिजनको अभावमा ज्यान गुमाउनु नपर्ने विश्वास व्यक्त गरे । भण्डारीले पहिलो बैठकबाट यसबारे निर्णय गर्ने प्रतिवद्धता व्यक्त गरे । 

    क्लबका अध्यक्ष मिश्राले अस्पतालको आवश्यकता अनुसार आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । क्लबका तृतीय उपाध्यक्ष रविकान्त उपाध्यायको सञ्चालनमा सम्पन्न कार्यक्रममा अस्पताल विकास समितिका पूर्व अध्यक्ष हितराज पन्थी, नेकपा एमालेका नेता चोपलाल आचार्य, क्लका प्रथम उपाध्यक्ष दिनेश गुप्ता, सचिव राजन शुक्ला, आकाश चौधरी, बिसन गुरुङ, महेश गुप्ता, प्रख्यात बन्जाडे लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij