images

सोमवार, बैशाख १७ गते २०८१

अक्सिजन प्लान्ट स्थापनाको लागि लायन्स भैरहवा ग्रीन सिटीको एकलाख सहयोग

अक्सिजन प्लान्ट स्थापनाको लागि लायन्स भैरहवा ग्रीन सिटीको एकलाख सहयोग

images
images
images
आइतवार, जेठ २ २०७८
आइतवार, जेठ २ २०७८
  • अक्सिजन प्लान्ट स्थापनाको लागि लायन्स भैरहवा ग्रीन सिटीको एकलाख सहयोग

    भैरहवा, २ जेठ । 
    अक्सिजन अभावको कारण कोरोना संक्रमितको उपचारमा समस्या भइरहेको बेला लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले भैरहवास्थित भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको लागि १ लाख १ हजार सहयोग गर्ने भएको छ । क्लबका संस्थापक अध्यक्ष शिवनाथ गुप्तासहितको लायन्सको टोलीले अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी, मेडिकल सुपरिटेण्डण्ट डा. शकुन्तला गुप्ता, अस्पतालका पूर्व अध्यक्ष हितराज पन्थी, नेकपा एमालेका नेता चोपलाल आचार्य लगायतसंगको छलफलपछि अस्पतालमा मुख्य रुपमा अक्सिजनको अभाव देखिएको भन्दैं उक्त सहयोग गर्ने निर्णय गरेको क्लब वर्षका २०२१/२२ इलेक्ट अध्यक्ष गोबिन्द प्रसाद गिरीले बताए । 

    images

    लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले कोरोना महमारीविरुद्धमा सरकारी तथा गैरसरकारी निकायसंग हातेमालो गरेर अगाडी बढ्ने क्रममा उक्त सहयोग गरेको क्लबका संस्थापक अध्यक्ष गुप्ताले बताए । उनले भने, ‘बेड नपाए तापनि कोभिड संक्रमितहरु भुईमा समेत बसेर अक्सिजनको भरमा उपचार गराइरहेको देखेपछि हामीले मानवीय भावले उक्त सहयोग गर्ने निधो गरेका हौं ।‘
    लुम्बिनी प्रदेश सरकारले कोभिड अस्पतालको रुपमा भीम अस्पताललाई विकास गरिरहेको भए तापनि प्रयाप्त अक्सिजन नहुँदा बिरामीको उपचारमा समस्या भईरहेको छ । सरकारी अस्पतालमा सेवाग्राहीको चाप पनि बढिरहेको बेला उक्त अस्पतालले भूइमा समेत राखेर संक्रमितको उपचार गराइरहेको अस्पतालको मेसु डा. गुप्ताले बताइन्  । 

    शनिबार मात्रै अस्पतालको व्यवस्थापकीय जिम्मेवारी बहन गरेका अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले अक्सिजन प्लान्ट स्थापनाको लागि प्रोत्साहन स्वरुप गरेको सहयोग उल्लेखनीय रहेको बताए । उनले भने, ‘भीम अस्पतालमा आउने हरेक बिरामीलाई आवश्यक अक्सिजन, औषधी र चिकित्सकीय सेवामा कमी हुन नदिन हामी लागि परेका छौं । यहाँ मुख्य समस्या अक्सिजन नै हो । ग्रीनसिटीले अक्सीजन व्यवस्थापनमा हौसला प्रदान गर्दै गरेको सहयोगले हामीलाई पनि अक्सिजन प्लान्ट राख्न प्रोत्साहित गरेको छ । ’

    कोरोनाको पहिलो लहरमा ‘तपाईको मास्क खोइ’ भन्ने अभियान चलाएर सचेतनामूलक कार्यक्रम गरेको क्लबले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित श्री सत्य सेवा वृद्ध सेवा आश्रममा रहेका वृद्धवृद्धाहरुको कोरोना बीमा समेत गरिदिएको थियो । 

    उक्त संस्थाले कोरोनाको दोस्रो लहर चलिरहँदा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा कोभिड संक्रमीत बिरामीका आफन्त तथा कुरुवालाई विगत एक हप्तादेखि निःशुल्क खाना खुवाउने कार्यक्रम समेत चलाइरहेको छ । उक्त कार्यक्रमबाट अहिलेसम्म १ हजार ५ सय बढी लाभान्वित भएको कार्यक्रम संयोजक तथा संस्थाको युथ निर्देशक संगिता जि.सी.ले बताइन् । IMG_7596.JPG

    लायन्स क्लब डिष्ट्रिक इन्टरनेशनल ३२५ बी २ नेपालमा आबद्ध लायन्सहरुमध्ये सबैभन्दा धेरै संस्थापक सदस्य रहेको लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी स्थापना कालदेखि विभिन्न मानवीय सेवामा सर्मर्पित रहेर काम गरिरहेको संस्थाका उपाध्यक्ष मनोज क्षेत्रीले बताए । उनले भने, ‘यो कोरोना महामारीमा हामी अस्पतालमा अक्सिजनको जोहो गर्न र अस्पतालमा आएका बिरामी तथा उनीहरुका आफन्तलाई सहयोग गर्न खटिरहेका छौं ।’

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij