images

सोमवार, बैशाख १७ गते २०८१

मारवाडी सेवा संघद्वारा भीम अस्पताललाई खाद्यान्न सामग्री हस्तान्तरण

मारवाडी सेवा संघद्वारा भीम अस्पताललाई खाद्यान्न सामग्री हस्तान्तरण

images
images
images
आइतवार, जेठ २ २०७८
आइतवार, जेठ २ २०७८
  • मारवाडी सेवा संघद्वारा भीम अस्पताललाई खाद्यान्न सामग्री हस्तान्तरण


    भैरहवा, २ जेठ ।
    मारवाडी सेवा संघ सिद्धार्थनगर, भैरहवाले भीम अस्पताललाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । संघले हिन्दू स्वयंसेवक संघ नेपालको समन्वयमा भीम अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको लागि दाल, चामल, सोयाबीन, तेल, चिउरा, भुजा लगायत गरी करिब ६५ हजार बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेको जनाएको छ ।

    images

    कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री हस्तान्तरण गरिएको मारवाडी सेवा संघ सिद्धार्थनगरका महासचिव अरुण कुमार अग्रवालले बताए । ‘अहिलेको विषम परिस्थितिमा जोखिममा रहेर विरामीको उपचारमा अहोरात्र खट्ने स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन आवश्यक छ, ’अग्रवालले भने ।

    आइतबार महासचिव अग्रवाल र मारवाडी युवा मञ्च भैरहवाका अध्यक्ष मनोज अग्रवालले भीम अस्पतालका स्वास्थ्यकर्मीद्वय गोपाल उपाध्याय र शशिकान्त उपाध्यायलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

    कार्यक्रममा हिन्दू स्वयंसेवक संघ नेपालका रविकान्त उपाध्याय, विकास यादव, सुरज उपाध्याय, राजन शुक्ला, मारवाडी सेवा संघ सिद्धार्थनगरका कार्यालय सचिव विनोद मिश्रा लगायतको उपस्थिति रहेको थियो । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij